बढ्यो सुनचाँदीको मूल्य
रासंसा/काठमाण्डौ, ज्येष्ठ १३,
मुलुकमा साताको छैठौं दिन शुक्रबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार २ सयले बढेर ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि शुक्रबार १० रुपैयाँले बढेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Like