इटालियन सिरी ए फुटबलअन्तर्गत सिजनको अन्तिम खेल आज राति हुँदै

Share to:

एजेन्सी,

विश्वमा इटालियन सिरी ए फुटबलअन्तर्गत सिजनको अन्तिम खेल आज आइतबार राति हुँदैछन् । आइतबार हुने खेलले नै उपाधि छिनोफानो गर्नेछ । उपाधि होडमा रहेका एसी मिलान र इन्टर मिलानबीच दुई अंकको फरक छ । दुवै टोलीले जित निकालेमा उपाधि एसी मिलानले जित्नेछ । एसी मिलानले सासुलोसँग खेल्नेछ । यो खेल राति पौने १२ बजेबाट सुरु हुनेछ । शीर्ष स्थानमा रहेको एसी मिलान ३७ खेलबाट ८३ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलान ८१ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । दुवै टोलीलाई जितको आवश्यक छ । यसै समयमा हुने अर्को खेलमा इन्टर मिलानले साम्पोर्डियासँग खेल्नेछ । आइतबार नै हुने अर्को खेलमा नापोलीले सापेजियासँग खेल्नेछ ।

Like