उत्तर कोरियाद्धारा कोभिडको नियन्त्रणका लागि कडा मापदण्ड
एजेन्सी,
विशा महामारीको रुपमा फैलिएको उत्तर कोभिड १९ को संक्रमणबाट उत्तर कोरियाले नियन्त्रणका लागि निकै कडा मापदण्डहरु लागू गरेको छ। सो मापदण्डअनुसार त्यहाँ देशव्यापी रुपमा लकडाउन गरिएको छ। त्यहाँका नागरिकलाई घरबाट बाहिर निस्किन दिइएको छैन। पछिल्ला केही दिनयता ज्वरोका विरामीहरु बढेकाले उनीहरुको उपचारमा भने स्वास्थ्यकर्मीहरु परिचालन गरिएको बताइएको छ। त्यहाँ शनिबार ज्वरो बाट थप २१ जनाको मृत्यु भएको बताइएको थियो। उत्तर कोरियामा पछिल्ला केही दिनहरुमा ज्वरोका विरामी बढेको पाइएको छ। ती ज्वरोका विरामीहरुमा कोभिड भएको आशंका पनि गरिएको छ। त्यहाँ कोभिड–१९ को पहिलो घटना पुष्टि भएको दुई दिनपछि देशव्यापी रूपमा पाँच लाख भन्दा बढी मानिस बिरामी परेको बताएको छ। त्यहाँका नागरिकले कोभिड विरुद्धको खोप लगाएका छैनन्। त्यहाँ खोप नलगाएका मानिसहरु रहेकाले ज्वरोले थलिएका भनिएका यी मानिसमा पनि कोभिडको संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ। उत्तर कोरियाको राजधानीमा अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्ट पत्ता लागेका बिहीबार पुष्टि भएको थियो। त्यहाँ नेता किम जोंग उनले राष्ट्रव्यापी रुपमा लकडाउन गर्न आदेश दिए अनुसार देशव्यापी रुपमा लकडाउन भइरहेको बताइएको छ। उत्तर कोरियाली जनस्वस्थ्य मन्त्रालयको संयोजनमा ती ज्वरोका विरामीहरुको उपचारका काम भएको छ। त्यहाँ ज्वरो आउने विरामीको संख्या बढ्दै गएको र ती ज्वरोका विरामीमा कोभिडको संक्रमण भएको आशंका गरिएकाले उपचारमा पनि सतर्कता अपनाइएको बताइएको छ।