कसरी चर्चित मानव अधिकारकर्मीलाई फिलिपिन्समा एक तानाशाहका छोराले हराए ?
एजेन्सी,
विश्वमा फिलिपिन्सको निर्वाचनमा पूर्व तानाशाहका छोरा मार्कोस जुनियरको जीत बाहिरका मानिसका लागि आश्चर्यजनक हुनसक्छ, तर फिलिपिनीले उनको निरन्तरको उदयलाई देखेकाले त्यस्तो आकस्मिक मानेनन् । विभिन्न राजनीतिक वैज्ञानिकले मार्कोस जुनियरको सफलतामा महत्वपूर्ण रहेका तत्वको वर्णन गरे जसको बलमा उनले मानव अधिकारकर्मी उम्मेदवार लेनी राब्रेडोलाई हराए । ‘मार्कोसले चुनावी अभियानमा वास्तवमा आफ्नोबारेमा केही भनिरहेकै थिएनन् । उनीको सम्पूर्ण उर्जा पिताको शासनलाई फिलिपिन्सको इतिहासको ‘सुनौलो युग’ देखाउने प्रयासमा खर्च भइरहेको थियो । यसमार्फत उनी मतदातामा पुरानो नोस्टाल्जिया महसुस गराइरहेका थिए ।’ मार्कोस जुनियरको राष्ट्रपतिको अभियानको केन्द्रमा पिताको तानाशाही शासनलाई देशको इतिहासको ‘स्वर्ण युग’ देखाउने रहेको युनिभर्सिटी अफ फिलिपिन्सकी राजनीतिशास्त्रकी प्राध्यापक मारिया इला एटिएन्जाले बताइन् । एम्नेस्टी इन्टरनेशनलका अनुसार मार्कोस जुनियरका पिता फर्डिनान्ड मार्कोस सिनियरको शासन कालमा हजारौँ मानिसलाई यातना दिइएको थियो । तीमध्ये कैयौंको यातनाबाटै ज्यान गयो भने कयौं मानिस यातनाबाट बच्न विस्थापित भएका थिए । अत्याचार बढि नै भएपछि सन् १९८६ मा मार्कोसको शासनविरुद्ध ‘पिपल पावर’ नामक क्रान्ति उठ्यो । यस अघि उनी पराजित भए । केही विज्ञले मार्कोस जुनियरको यस रणनीतिलाई ‘अधिकारवादी नोस्टाल्जिया’ को रुपमा नामाकरण गरिदिएका थिए । यी विज्ञका अनुसार सैनिक कानुन लागु भएको शासन अवधिलाई फिलिपिन्सको समृद्धिको समयको रूपमा सम्झना गर्न त्यस अवधिमा भएको मानवअधिकार हननका धेरै घटनाहरूलाई बेवास्ता गनुपर्ने हुन्छ । सामाजिक संजाल विशेषगरी टिकटक र युट्युवमा व्यापक अभियान चलाएर मार्कोस जुनियर र उनका समर्थकहरूले युवा मतदातामाझ फर्डिनाण्ड मार्कोसको सैन्य शासन अवधिलाई आर्थिक वृद्धि, पूर्वाधार विकास र सुशासनको युगको रुपमा प्रस्तुत गरे । मार्कोस जुनियरले भने उनको पिताको यो चरित्रलाई छोप्ने प्रयास गरेका थिए । उनले पिताको अपराधको लागि माफी माग्न अस्वीकार गर्दै आएका छन् । उनी आफू ती अपराधको लागि जिम्मेवार नभएको तर्क दिएर उम्कन्छन् । बरु उनले पिताको शासनका कारण फिलिपिन्स बाह्य खतराहरूबाट जोगिएको तर्क दिएर पितालाई मार्कोसले रक्षकको रुपमा प्रस्तुत गर्ने गर्छन् ।
एटिएन्जाले तथ्य र अभिलेखहरूले पिता मार्कोसको शासन व्यवस्था उनका समर्थकले दाबी गरेभन्दा उल्टो भएको बताइन् । तथ्यांक अनुसार आजसम्म मार्कोस परिवारले राज्यलाई ६.२५ अर्ब डलर तिर्न बाँकी छ । मार्कोस परिवारले राज्यलाई तिर्न बाँकी विशाल रकम गलत रुपमा राज्यबाट दोहन भएको र तिर्न बाँकी करको कुल योग हो । उनका अनुसार त्यस समय आर्थिक मन्दी, कुपोषण, बेरोजगारी र सुस्त कृषि उद्योग व्याप्त थियो । यसैले गर्दा ती वर्षमा फिलिपिन्सको आर्थिक वृद्धि माईनस ७.३२ प्रतिशतसम्म गएको थियो । मार्कोस शासनमा आउनुअघि सन् १९६१ मा देशको वैदेशिक ऋण ३६ करोड डलर रहेकोमा उनी अपदस्थ हुदाँ सन् १९८६ मा यो बढेर २८.२६ अर्ब डलर पुगेको थियो । मतदाताहरूले मार्कोस परिवारको खराब इतिहासलाई बेवास्ता गर्नुमा पिता मार्कोसको सत्ता बहिर्गमनपछि फिलिपिन्स राजनीतिमा छाएको अराजकता र त्यसले जनतामा बढाएको निराशा जिम्मेवार रहेको एटिएन्जाले बताइन् । यद्यपि, मार्कोस जुनियरले यसलाई ‘फेक न्युज’ भनेर खारेज गर्ने गर्छन् । अब उनी आफैँ राष्ट्रपति भएपछि उनले आफ्नो परिवारको विरुद्धमा मुद्दा दबाउने डर बढेको छ । अर्थतन्त्रमा सुधार आएको तर त्यसको लाभ सिमित फिलिपिनीले उपभोग गर्दा गरिब फिलिपिनी जनता जस्ताका त्यस्तै रहन पुगेको उनले थपिन् । ‘सन् १९८६ को क्रान्तिपछि अर्थतन्त्रको विकास हुनेछ, राजनीतिक प्रणाली साँच्चै लोकतान्त्रिक हुनेछ भन्ने धेरै ठूलो अपेक्षा थियो । तर सन् १९८६ देखि प्रजातन्त्रीकरणको दिशा सहज रुपमा अघि बढेन,’ एटिएन्जाले भनिन् । मार्कोस जुनियरले उपराष्ट्रपतिको रुपमा पूर्व राष्ट्रपति रोद्रिगो दुतेर्तेकी छोरी सारा दुतेर्तेलाई चुने । मनिलाको डे ला सल्ले विश्वविद्यालयका राजनीतिक विज्ञानका प्राध्यापक रोनाल्ड होम्सका अनुसार दुतेर्तेसँगको गठबन्धनले मार्कोस जुनियरलाई उनी कमजोर भएका क्षेत्रमा सहगोग पुगेको थियो । जस्तो धेरै मतदाता भएको केन्द्रीय प्रान्त सेबुमा उनलाई धेरै सहयोग पुग्यो । शक्तिशाली राजनीतिक वंशका यी नेताहरुबीच नोभेम्बरमा एकअर्कालाई समर्थन गर्ने सहमती भएको थियो । सहमतीपछि राष्ट्रपतिको दौड सहभागी हुने सोच बनाएर बसेकी सारा उपराष्ट्रपति भएर मार्कोस जुनियरसँग ऐक्यबद्धता गर्न राजी भईन् । प्रायः आफ्नो बाल्यकालको उपनाम ‘बोंग बोङ’ भनेर पुकारिने (जुन पिताकै नाम भएका व्यक्तिलाई दिइने एक सामान्य उपनाम हो) मार्कोस जुनियरले सन् १९८९ मा देश फर्कने अनुमती भएका थिए । त्यस बेला उनका पिताको निर्वासनमा मृत्यु भइसकेको थियो । तर दुतेर्तेजस्तो शक्तिशाली परिवारसँगको साझेदारी मार्कोस जुनियरले रातारात हासिल गरेको राजनीतिक उपलब्धि होइन । यसका लागि उनको दशकौंदेखिको मिहिनेतको योगदान छ । देश फर्किएको जम्मा तीन वर्षपछिको राष्ट्रपतीय चुनावमा उनकी आमा इमेल्डा मार्कोस पनि उम्मेदवार बनिन् । ‘उनले कुल खसेको मतको दोहोरो अंकको मत हासिल गरेकी थिइन् । १० प्रतिशतभन्दा बढि । तानाशाही शासन ढलेको जम्मा ६ वर्षभित्र सोही तानाशाही शासनकी एक प्रतिनिधिले यति धेरै मत ल्याउनु असाधारण कुरा थियो,’ होम्सले भने । देश फर्किएपछि लगत्तै उनी र उनको परिवार सत्तामा फर्किने प्रयास गर्न थाले । यसका लागि तिनले अझै आफूहरुप्रति समर्थन जनाउने क्षेत्रका स्थानीय नेताहरूसँग सम्बन्ध विस्तार गरे । ‘र यही प्रारम्भिक वर्षमा मार्कोस परिवारले पुरानो दाग मेटाउने गरी नयाँ रुपमा ब्राण्डिङ सुरु गरे’, होम्सले भने । ‘मार्कोसको सैन्य शासनमा इमेल्डा पनि निक्कै अलोकप्रिय थिइन् । अति विलासी जीवनशैलीका लागि कुख्यात इमेल्डासँग ३००० जोडी जुत्ता छन् भनेर विश्वभर नै थाहा भइसकेको थियो,’ होम्सले भने । तथापि उनको सिनेटर अवधि एक राष्ट्रपतिको उम्मेद्वारको जस्तो हुनुपर्ने हो, त्यति अविस्मरणीय नरहेको एटिएन्जाले बताइन ्। मार्कोस जुनियरले पछि आफ्नो बुवाको पुरानो चुनावी गढ, इलोकोस नोर्टेबाट कांग्रेसको सीट जिते । उनी पछि सो क्षेत्रको गर्भनर र सन् १९९८ देखि सन् २०१६ बीच सिनेटर रहे । मार्कोसले आफूमाथि रोब्रेडोले चुनावी धाँधली गरेको कथ्यलाई एउटा द्वेषपूर्ण अभियानकै रुपमा अघि बढाए । फिलिपिन्समा फ्याक्ट चेकरले रोब्रेडोलाई ‘विकृत सूचना वा नकारात्मक सन्देशको सबैभन्दा ठूलो शिकार’ को रुपमा बताउने गर्छ । सन् २०१६ मा उनी उप–राष्ट्रपतिको पदमा उठे । रोब्रेडोले उनलाई २,५०,००० हजारको झिनो अन्तरले हराईन् । मार्कोस जुनियरले चुनावमा धाँधली भएको दाबी गर्दै अर्को पाँच वर्ष बिताए । यद्यपि, सर्वोच्च अदालतले मतदान निष्पक्ष भएको फैसला गर्यो । अर्कोतर्फ, मार्कोस जुनियरले गलत जानकारीबाट फाइदा उठाएका छन् । फ्याक्ट चेकरका अनुसार अनलाईनमा आउने ९२ प्रतिशतसम्म झुटा सुचना मार्कोसबारे राम्रो भनिएका हुन्थे । यसमा उनलाई विभिन्न सेलिब्रेटीहरू वा राज्य प्रमुखले समर्थन गरेका झुटा दाबीसमेत समावेश छन् । रोब्रेडोबारेमा अनलाईनमा यति धेरै झुटा दाबी आउन थाले । उनीमाथि युवा स्वयंसेवकहरूमा धार्मिक टुनामुना गर्ने प्रतिक देखाएकोदेखि उनको छोरीलाई यौनजन्य भिडियोसँग जोड्ने कामसमेत भयो । एटिएन्जाका अनुसार मार्कोस जुनियरले चुनाव अवधिभर राष्ट्रपतिको बहस र मिडिया अन्तर्वार्ताहरु परित्याग गरेकाले देश चलाउने वा खाद्यान्नको मूल्य घटाउनेजस्ता मुद्दामा उनको नीतिमा अस्पष्टता छ । रोब्रेडोले विगतमा यी गलत सुचनाको प्रतिरोध नगर्दा अहिलेको राष्ट्रपति चुनावमा हानी पुग्यो । उपराष्ट्रपतिका रुपमा लेनी रोब्रेडोले आफूविरुद्ध अनलाइन झूटा दाबीहरूलाई बेवास्ता मात्र गर्ने गरेकी होम्सले भने । यसैले आगामी दिनमा फिलिपिन्स र विश्वको नजर मार्कोस जुनियरका काममाथि हुनेछन् । धेरैले मार्कोस जुनियरले उनका पूर्ववर्ती राष्ट्रपति रोदि«गो दुतेर्तेको लागुऔषध विरुद्धको युद्ध जारी राख्ने अनुमान गरेका छन ्। तर त्यसका लागि उनले रोद्रिगोले जस्तै पुलिस र सेनासँग सुमधुर सम्बन्ध बनाउने सक्नेमा पनि अस्पष्टता छ ।
इनसाइडरबाट