सामान्य सुधार रह्यो शेयर बजारमा

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २६,

मुलुकमा कारोबार हुने साताको दोस्रो दिन शेयर बजारमा सामान्य सुधार आएको छ । आइतबार पनि सामान्य सुधार आएको बजारमा सोमबार १२.२७ अंकले बढ्दा २२६८.८४ विन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स ३.१२ अंकले बढ्दा ४३९.४७ विन्दुमा उक्लिएको छ । सबैभन्दा बढी माइक्रोफाइनान्स समूह ६० अंकले बढ्दा, निर्जीवन बीमा समूह ५७.०३ अंकले उकालो लागेको छ । बााँकी अन्य समूह पनि हरियो देखिएक छन् । कारोबार भएको समूहहरूमध्ये जीवन बीमा ८२.१२, होटल तथा पर्यटन २५.८५, विकास बैंक २०.९१ र लगानी ०.०७ अंकले ऋणात्मक भएका छन् । यसदिन कारोबार भएका ११४ कम्पनीको शेयरमूल्य बढ्दा ७१ कम्पनीको घटेका छन् भने ८ कम्पनीको शेयरमूल्यमा परिवर्तन आएन । यस दिन जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । केही समयअघि मात्र नेप्सेमा सूचीकृत भएको कम्पनीको शेयर मूल्य प्रतिशेयर १६७.२० रुपैयाँ पुगेको छ ।

Like