अरु पार्टीसँग बिक्यो भनेर अनर्गल प्रचार भयो, यो प्रतिगमनविरुद्धको गठबन्धन हो’ -‘राष्ट्रिय जनमोर्चा
रासंसा/काठमाण्डौ, बैशाख २३,
मुलुकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश चुनावमय भएको बताएका छन् । सत्ता गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै केसीले चुनाव नहुने संशय हुँदाहुँदै पनि गठबन्धन र आयोग कस्सिएकै कारण समयमै चुनाव हुन लागेको बताए । ‘पाँच दलीय गठबन्धनले हिम्मत गर्यो । चुनाव हुँदैन कि भन्ने थियो । कम्तिमा जनताका प्रतिनिधि चुनिन पाउने भए ।’ नेता केसीले मेयरमा सिर्जना सिंहले विजयी प्राप्त गरेर काठमाडौं महानगरलाई सुशासन कायम गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘काठमाडौं देशको महत्वपूर्ण ठाउँ हो । यहाँको मेयर भन्ने कुरा महत्वपूर्ण कुरा हो । सिर्जना जी मेयरमा उठ्नु भएको छ। उहाँले विजयी प्राप्त गरेर काठमाडौंमा राम्रो नेतृत्व गर्नुहुनेछ । उनले राष्ट्रिय जनमोर्चा राष्ट्रवादी पार्टी भएको बताए। ‘अरु पार्टीसँग विक्यो भनेर अनर्गल प्रचार गरिएको छ । गणतन्त्र, धर्म निरपेक्षता सिद्धिने र हिजोका उपलब्धी सिद्धिने भएपछि हाम्रै पार्टीले प्रतिगमनका विरुद्धमा गठबन्धन गर्नुपर्छ भनेर आवाज उठाएको हो,’ उनले भने।