अन्य थपमुख्य समाचारविश्वसमाचारस्पेसलहेडलाइन

गहिरियो विद्युत संकट भारतमा

Share to:

एजेन्सी,

भाररतको दिल्ली सरकाका उर्जा मन्त्री सत्येन्द्र जैनले हालै दिल्लीमा गहिरिँदै गएको विजुली संकटलाई लिएर एक पत्रकार सम्मेलन आयोजना गरे । पत्रकार सम्मेलनको दौरान जैनले भने ,‘अब दिल्लीमा उर्जा संयन्त्र बन्द भयो भने समस्या भोग्नुपर्नेछ ।’ भारतमा देखापरेको कोइलाको कमीका कारण अहिलेको समस्या आएको दावी गर्दै जैनले आगाडि भने ,‘हामीसँग २१ दिनको कोइलाको ब्याकअप हुनुपर्ने थियो । तर अहिले धेरै उर्जा संयन्त्रसँग एक दिनको मात्र कोइला बचेको छ ।’ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि यो समस्या बारेमा एक ट्विट गरेका छन् ,‘ देशभरी बिजुलीको भारी समस्या भइरहेको छ । अहिलेसम्म दिल्ली सरकारले जसोतसो धानिरहेको छ । सम्पूर्ण भारतभर स्थिति निक्कै गम्भिर छ । हामी सबै मिलेर शीघ्र यसको समाधान निकाल्नुपर्नेछ । यो समस्यासँग जुध्न तत्काल ठोस कदम उठाउनु आवश्यक छ ।’ दिल्लीका उर्जा मन्त्री सत्येन्द्र जैनले यसअघि बिहीबार र शुक्रबार एक आपतकालिन बैठक बोलाएका थिए । स्थितिको सही आकलन गरेर केन्द्र सरकारसँग राजधानीको बिजुली आपूर्तिमा अवरोध नआउने गरी कोइलाको आपूर्तिलाई निरन्तरता दिन आग्रह गरिने बताइएको थियो । गेहलोटले भाजपाको प्रदेश संयन्त्रमाथि प्रश्न उठाउँदै भनेका छन् ‘प्रदेश भाजपाका दिशाहिन नेतृत्वले १६ राज्यमा बिजुली काटिने अवस्था आउने गरी केन्द्र सरकारले कोइला उपलब्ध गराउन किन सकेन भन्ने प्रश्न किन गर्दैन ? ’ भारतमा दिल्लीका अतिरिक्त देशका अन्य हिस्सामा पनि बिजुलीको समस्या महसुस गरिएको छ । राजस्थानका मुख्यमन्त्रीले अशोक गेहलोटले पनि उर्जा संकटबारे ट्विट गरेका छन् । ‘बढ्दो गर्मीका कारण देशका १६ राज्यमा बिजुलीको माग बढेको छ तर सोही अनुरुप कोइलाको आपूर्ति भइरहेको छैन । यस अवस्थामा बिजुली आपूर्ति नियमित गर्न सम्भव हुँदैन । यो एक राष्ट्रिय संकट हो । यो संकटको घडीमा सबै एकजुट भएर परिस्थितिलाई सुधार्नलाई सरकारलाई सघाउन म सबैका सामु अपिल गर्छु । घर तथा कार्यालयमा आवश्यकता नभएका बिजुली उपकरण बन्द राखौं । बिजुलीको उपभोग गरौं ।’ राजस्थानका अतिरिक्त बिहारमा पनि बिजुली संकट उत्पन्न भएको छ । बिहारका उर्जामन्त्री बिजेन्द्रप्रसाद यादवले बताएअनुसार राज्यमा झण्डै १००० मेगावाट विजुलीको अभाव भएको छ । तर यो समस्या दुई चार दिनमा सल्ट्याईने र यस बिषयमा केन्द्र सरकारसँग कुराकानी भइरहेको यादवले भने ।

Like