अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारस्पेसलहेडलाइन

नव वर्ष २०७९ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Share to:

रासंसा/काठमाण्डौ, बैशाख ११,

मुलुकमा विभिन्न संघ संस्थाहरुमध्यको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र नेपाल पनि एक हो । यस संस्थाले ढिलैभएपनि नव वर्ष २०७९ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाकी केन्द्रीय अध्यक्ष माता सीता राइको सभापतित्व थियो भने गोरक्ष पीठ हाँडी गाउँका पीठाधिस विश्वनाथ बाबा प्रमुख आतिथ्यता थियो । कार्यक्रममा वरिष्ठ समाजसेवी एवं वरिष्ठ पत्रकार तथा सेभ द नेशन टेलिभिजनका सम्पादक अध्यक्ष के. बि. सम्राट र वरिष्ठ समाजसेवी एवं लेखक सुश्री भद्रकुमारी घलेको विशिष अतिथ्यता थियो ।

पशुपति अन्नपुर्णाअश्रमाकी केन्द्रिया सदश्य एवं धार्मिक समितिकी संरक्षक माता भाद्रकालीलगायाताका माताहरुकोउलेख्यमात्रामा उपस्थिति थियो । शुभकामना आदानप्रदान कार्यक्रममा ज्यो. पण्डित दुर्गा प्रसाद कोइरालालगायतका विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रममा विभिन्न देव धामी झाँकी तथा लोक दोहोरि कार्यक्रम पनि राखिएको थियो भने अतिथि, विशेष अतिथि तथा प्रमुख अतिथिहरुले आआफ्नो सुभकामना मन्तब्य ब्यक्त गरेका थिए । शुभकामाना मंतब्यका साथै सम्मानित श्रष्टाहरुलाई सम्मान गरिएको थियो ।

Like