हामी वैकल्पिक शक्ति हौं, कांग्रेस, एमाले र माओवादीमा कुनै भिन्नता छैन, राजेन्द्र लिङ्देनको भनाइ

Share to:

रासंसा/पर्वत, चैत्र २२,

मुलुकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हामी वैकल्पिक शक्ति हौं, कांग्रेस, एमाले र माओवादीमा कुनै भिन्नता नभएको बताउनुभएको छ । पर्वतको सदरमुकाम कुश्मा बजारमा मंगलबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले तीन ठूला दलले मुलुकलाई ३२ वर्षमा खोक्रो बनाएको बताउनुभयो । अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओवादी एक अर्काका विकल्प नभएको बताउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी नै मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको दाबी गर्नुभयो । कांग्रेस, एमाले र माओवादीले भ्रष्टाचार तथा मुलुकलाई बेरोजगार उत्पादन गर्ने कारखाना बनाएको बताउँदै आगामी तीन तहको निर्वाचनमा ती दललाई भोट दिनु नेपालीहरूको ठूलो गल्ती हुने बताउनुभयो । स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले विजयी भएमा कक्षा १२ सम्म निःशुल्क शिक्षा, सबै स्थानीय तहमा सुविधासम्पन्न अस्पताल, हरेक महिला, वृद्धवृद्धाको घर–घरमै पुगेर स्वास्थ्य परीक्षण, भ्रष्टाचारमा शूल्य सहनशीलताको नीति अबलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आगामी स्थानीय तहको निर्वाचनमा उपयुक्त बातावरण बनेमा गठबन्धन बनाएर जान सकिने बताउँदै छलफल भइरहेको जानकारी गराउनुभयो ।

Like