अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारस्पेसलहेडलाइन

नेपाल स्वयंसेवी रक्तदाता समाजले बुझायो ज्ञापन पत्र

Share to:

रासंसा/काठमाण्डौ, चैत्र ०९,

रक्त संचार केन्द्रको बेथितिको विरुद्द नेपाल स्वयंसेवी रक्तदाता समाजले ज्ञापन पत्र बुझाएको छ । “गुणस्तरकाे नाममा रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूकाे ब्यापार नगराैं” भन्ने मूल आह्वानका साथ नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे नेतृत्वमा गत आइतबार नेपाल रेडक्रस साेसाइटीका प्रमुख कार्यकारी निर्देशक उमेश ढकाललाई ज्ञापन-पत्र बुझाएकाे हो ।
तीन घण्टा लामो छलफल पश्चात् अर्को वार्ता पछि शुल्क समायाेजनमा सहमति जुटाएर मात्र अघि बढ्ने नेपाल रेडक्रस साेसाइटीका प्रमुख कार्यकारी निर्देशक उमेश ढकाल, केन्द्रीय रक्त सञ्चार केन्द्रका अप्राबिधिक निर्देशक दिव्यराज पाैडेल र उप-निर्देशक डा. प्रकाश यादबले संयुक्तरूपमा प्रतिबध्दता ब्यक्त गर्दै पुरानै परिक्षण शुल्कमा हाललाई कार्यान्वयन गर्न मातहतका कर्मचारीलाई निर्देशन समेत दिनु भयाे ।

“गुणस्तरीय परिक्षण गरि नि:शुल्क रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरू वितरण गर्नुनै स्वयंसेवी रक्तदाताहरूले दान मार्फत प्रदान गरिएको रगतकाे उच्च सम्मान र इज्जत प्रदान गर्नु हाे” – नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले ब्यक्त गर्दै समापन भएकाे साे छलफल कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज १३ वडा नगर समितिका अध्यक्ष नीरू महर्जन, १९ वडा नगर समितिका अध्यक्ष बिनाेद खड्गी, २० वडा नगर समितिका अध्यक्ष राम रञ्जित,२४ वडा नगर समितिका अध्यक्ष सुरेश सिलाकार,२० वडा नगर समितिका सचिब राजेश मानन्धर, ३० वडा नगर समितिका सदस्य राधेश्याम मिश्र त्यसैगरी सदस्य निशान थापा र सुबाेध शाक्य लगायतको उपस्थिति थियो । ज्ञापन पत्र बुझाएपस्चात रक्त संचार केन्द्रले यसको कार्यान्वयन गर्ने भनि आश्वासन दिएको नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले जनाएका थिए ।

Like