२५ किलोमिटर कीभदेखि रुसी सेना मात्र टाढा
एजेन्सी,
‘रूसी सेनाले युक्रेनको प्रति आक्रमणमा कम क्षति भोग्नका लागि पनि यो रणनीति हुनसक्छ किनभने यसले युक्रेनी सेनाको आक्रमणबाट धेरै क्षति भोगिसकेको छ’ मन्त्रालयको भनाइ छ । यसबाहेक देशको चार्नीहेव, खर्कीभ, मारियुपल र सुमीलाई रुसी सेनाले घेरा हालेको छ र यी शहरहरुमा लगातार आक्रमण भइरहेको छ । पछिल्लो गुप्तचरको सूचनाको आधारमा बेलायतको रक्षा मन्त्रालयले युक्रेनको राजधानी कीभको सहरी केन्द्रबाट रुसी सेनाको टुकडी मात्र २५ किलोमिटर टाढा रहेको बताएको छ । मन्त्रालयले राजधानीको उत्तरपट्टि रहेको रूसी सेनाको ठूलो समूहलाई विभिन्न टुकडीहरूमा विभाजन गरिएको बताएको छ । यसले शहरलाई घेर्न मद्दत गर्ने उद्देश्यले गरिएको हुनसक्ने बेलायतको भनाइ छ । रूस–युक्रेन युद्धमा अहिलेसम्म के भएको छ ?
शनिबार बिहान, युक्रेनको राजधानी कीभलगायत विभिन्न शहरहरूमा आक्रमणको साइरन सुनियो। युक्रेनले फेरि रुसले मानिसहरुलाई दक्षिणी सहर मारियुटोललाई सुरक्षित रुपमा छाड्न नदिएको आरोप लगाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसविरुद्धको युद्धमा भाग लिन युक्रेनमा आफ्नो फौज नपठाउने बताएका छन्। तथापि, उनले रूसी धनाढ्यहरुमाथि प्रतिबन्ध बढाउने कुरा बताएका छन् । युक्रेनले बेलारूस आगामी दिनहरूमा युद्धमा रुसमा सामेल हुने बताएका छन् । युक्रेनी सरकारका अनुसार मारियुपोलको अवस्था झन् झन् खराब हुँदै गइरहेको छ। अहिलेसम्म मारियुपोलमा १,५०० जनाको मृत्यु भइसकेको छ । शनिबार, युक्रेनी अधिकारीहरूले देशको उत्तरपूर्वी शहर सुमीबाट मानिसहरूलाई उद्धार गर्न मानवीय करिडोर बनाउन सहमति भएको बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आमाहरूलाई आफ्ना छोराछोरीलाई युद्धमा नपठाउन आग्रह गर्दै एउटा विमोचन सार्वजनिक गरेका छन् ।