मातृशोकका वरिष्ठ पत्रकार सम्राट परिवारलाई भेट्न पोखरादेखि सप्तरीसम्म

Share to:

रासंसा/सप्तरी, फाल्गुण २४,

स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष वरिष्ठ समाजसेवी के. बि. सम्राटलाई मातृ शोक परेको छ । सो शोकाकुल परिवारजनका सदस्यहरुलाई श्रद्दान्जली तथा समवेदना प्रकट गर्न स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष एवं सल्लाहकार तथा आदर्श समाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक कृष्ण प्रसाद बास्तोला र विश्व हिन्दु महासंघ पोखरा महानगर महिला विभाग प्रमुख दुर्गा देवी बास्तोला पोखरादेखि सप्तरी जिल्लाको सुरुंगा नगरपालिका वडा न. २ स्थित भेडिया पुग्नुभएको छ । शोकाकुल परिवारजनलाई भेटि श्रद्दान्जली तथा समवेदना प्रकट गर्दै बास्तोलाले मानिसको जन्म र मृत्यु सत्य छ सबैलाई एकदिन यो अवस्था आउन सक्छ ढिलो चाडो मात्र हो भन्दै प्रोत्साहन ब्यक्त गर्नुभएको थियो ।

विश्व हिन्दु महासंघ पोखरा महानगरपालिका महिला समितीका प्रमुख दुर्गादेवी बास्तोलाले विश्व हिन्दु महा संघ नगर महिला समितिका तर्फबाट भावपुर्ण श्रद्धाञ्जली प्रमाण पत्र शोक सन्तप्त परिवारका ज्वाई तथा भिनाजु बेणु माधव पोख्रेललाइ हस्तान्तरण गर्नुभएको थियो । भावपुर्ण श्रद्धाञ्जली प्रमाण पत्र वाचन स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष एवं सल्लाहकार तथा आदर्श समाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक कृष्ण प्रसाद बास्तोलाले गर्नुभएको थियो भने विश्व हिन्दु महासंघ पोखरा महानगर महिला विभाग प्रमुख दुर्गा देवी बास्तोलाले शोक सन्तप्त परिवारमा हार्दिक समवेदना ब्यक्त गर्दै भगवानले सृष्टिगत गर्नुभएको यो प्रथा सबैमा उत्तिकै हुने र समय अघिपछि हुने बताउनुभयो ।

सो उपस्थितिमा स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय कोषाध्यक्ष सलिग्राम पाण्डेको सहभागिता थियो । यसभन्दा अगाडी नै गत फाल्गुण २० गते स्वतन्त्र पत्रकार संघ नेपाल केन्द्रका तर्फबाट र सुनसरी जिल्ला समितिका तर्फबाट भावपूर्ण श्रदान्जली प्रमाणपत्र जिल्ला सहसचिव सुनसरीका जनक पाण्डेकासाथ राष्ट्रिय कोषाध्यक्ष पाण्डेले वाचन साथै प्रदान गर्नुभएको थियो ।

वरिष्ठ उपाध्यक्ष के. बि. सम्राट पशुपति अन्नपुर्णा आश्रम, सेभ द नेशन मिडिया तथा रिटायर्ड क्लब नेपालका केन्द्रीय अध्यक्ष, नेश्नल नासा ईन्टर्नेशनल प्रा. लि. का प्रथम सन्चालक, स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष, राष्ट्र संरक्षण साप्ताहिकका प्रकाशक सम्पादक, rastrasanrakshan.com का सन्चालक, सार्वजनिक यातायात केन्द्रीय महासंघका प्रमुख सल्लाहकार, पशुपती योगाभ्यास केन्द्रका सल्लाहकार, ॐ कैलाश शिवढुङ्गा शिवशक्ती महापीठ धामका संरक्षक, अरनिको टेलिभिजनका प्रस्तोतालगायत विभिन्न धार्मिक संघ संस्थाहरुमा सामाजिक सेवाका अभियन्ता एवं वरिष्ठ समाजसेवी हुनुहुन्छ ।

सम्राटकि ममतामयी आमा स्व. भद्रशिला पाण्डेको ८८ वर्षको उमेरमा असामयिक निधन गत फाल्गुण १५ गते आइतबारका दिन मोटर साइकल दुर्घटनामा परि उपचारको क्रममा गोल्डेन अस्पताल बिराटनगरमा उपचार नहुने बताएपश्चात सप्तरी जिल्लाको सुरुंगा नगरपालिका वडा न. २ भेडीयास्थित घरमै भएको थियो । मोटर साइकल दुर्घटना गाइघाटबाट कदमाहा चोक सप्तरी मुख्य सडक तर्फ जादै गरेको मोटर साइकल न. स ११ प ३३८४ को अपाचे मोटर साइकलबाट यहि २०७८ साल फाल्गुण २७ गते बिहिबार साँझ भएको थियो । सो दुर्घटना पश्चात मोटर साइकल इलाका प्रहरी कार्यालय भेडिया सप्तरीमा रहेको र मोटर साइकल चालक मोहमद नासिर इलाका प्रहरी कार्यालय कडरुवामा कारबाहीका लागि नजरबन्दमा राखिएको र सो को कारबाही भईरहेको इलाका प्रहरी कार्यालय भेडिया सप्तरीले जनाएको छ । स्व. भद्रशिला पाण्डेका ३ छोरामध्ये एक छोरा प्रेम बहादुर पाण्डेको देहावसान भईसकेको र केशव प्रसाद पाण्डे र के.वी. सम्राट, बुहारीहरु सङ्गिता, बिमला, देवकी कुमारी पाण्डे, छोरीहरु कल्पना पोखरेल, तारादेवी पोखरेल, आसोचमा बस्नु भएको छ। अन्य सन्ततीमा ५ नातीहरु, १० नातिनीहरु, २ पनाती र १ पनातिनी रहेको परिवार स्रोतले जनाएको छ ।

Like