तीन वर्षमा हलेसीबाट दुई करोड भेटी

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुन १४,

मुलुकको प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा रु. एक करोड ९२ लाख ३७ हजार ४८८ आम्दानी भएको छ। त्यस्तै रु.एक करोड १५ लाख ३१ हजार ५० व्यय भएको छ। भेटीबापत जम्मा भएको रकम खर्च कटाएर रु ७७ लाख छ हजार ४३८ हलेसी मन्दिर व्यवस्थापन समितिको खातामा रहेको छ। हलेसी मन्दिरमा आउने विदेशी दर्शनार्थीले चढाएका विदेशी मुद्रा तथा स्वदेश र विदेशका दर्शनार्थीले चढाएका सुनचाँदीका गरगहना लगायतका सामग्री भने हालसम्म सुरक्षित राखिएको छ। भेटीबापत जम्मा भएको रकम खर्च कटाएर रु ७७ लाख छ हजार ४३८ हलेसी मन्दिर व्यवस्थापन समितिको खातामा रहेको छ। हलेसी मन्दिरमा आउने विदेशी दर्शनार्थीले चढाएका विदेशी मुद्रा तथा स्वदेश र विदेशका दर्शनार्थीले चढाएका सुनचाँदीका गरगहना लगायतका सामग्री भने हालसम्म सुरक्षित राखिएको छ। हलेसीमा आउने स्वदेश तथा विदेशका दर्शनार्थीले चढाएका भेटी, विदेशी मुद्रा तथा सुनचाँदीलाई आम्दानीको रूपमा हिसाब राख्ने गरिएको छ। हलेसी मन्दिरको भेटीलाई पारदर्शी बनाउन हलेसी तुवाचुङ नगरपालिका, मन्दिर व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालय हलेसीका प्रतिनिधिले दानपेटिकाको चाँबी राख्ने गरेका हुन्। हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी आउने दर्शनार्थीबाट आर्थिक वर्ष २०७५/०७६ मा रु. ८७ लाख १९ हजार २१५ आय र रु. ४२ लाख ४२ हजार ३५० व्यय, आव २०७६/०७८ मा रु. ५३ लाख ८९ हजार ८६९ आय र रु. ४० लाख ६२ हजार ५२१ व्यय तथा आव २०७७/०७८ मा रु. ५१ लाख २८ हजार ४०४ आय र रु. ४२ लाख २६ हजार १७९ व्यय भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए। प्राकृतिक रूपमा समेत विश्वप्रसिद्ध त्रिधार्मिकधाम हलेसीमा भाकल तथा दर्शन गर्न आउनेले दान गर्दै आएका छन्। हलेसीमा नेपालसँगै भारत, चीन, भुटान, जापान, श्रीलङ्का, अमेरिका, दक्षिण कोरिया लगायत विभिन्न मुलुकबाट दर्शनार्थी तथा अवलोकनकर्ता आउने गरेका छन्। मन्दिरबाट सङ्कलन भएको भेटीबाट मन्दिर वरिपरि, दिव्यध्वनि, होम भवन, मन्दिर व्यवस्थापन समितिको भवन, मन्दिरभित्र रेलिङ रङ्गरोगन, बसाहा थान धाराको ढल निकास (जेसिभी प्रयोग), भेटी गणना, अतिथि खाजा, खानेपानीको लागि हिलटेक खरिद, सूचना प्रकाशन, विभिन्न आर्थिक सहयोग लगायतमा खर्च भएको सूचना केन्द्रका प्रमुख राईले बताए। मध्यपहाडी लोकमार्गमा पर्ने हलेसीमा रामनवमीमा १५ दिन, बालाचतुर्दशीमा १२ दिन, शिवरात्रिमा सात दिन र हरितालिका तीजमा तीन दिन मेला लाग्ने गरेको छ।

Like