इजरायली र रुसी प्रतिनिधिसँग पर्यटन प्रवर्द्धन गर्न छलफल
रासंसा/काठमाण्डौ, फाल्गुन १४,
मुलुकमा नेपालको पर्यटन प्रवर्द्धन तथा अन्य सहकार्यका विषयमा नेपाल पर्यटन बोर्ड तथा इजरायली र रुसी प्रतिनिधिबीच भेटवार्ता भएको छ। भेटका क्रममा दुवै देशबीच आपसी सहकार्यबारे छलफल भएको छ। नेपाल पर्यटन बोर्डमा भएको भेटमा दुवै नेपाल र इजरायबीच लामो समयदेखि सम्बन्ध रहिआएको उल्लेख गर्दै दुवै देशको पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न सकिने कुरामा जोड दिइएको थियो। नेपाल पर्यटन बोर्डमा भएको भेटमा दुवै नेपाल र इजरायबीच लामो समयदेखि सम्बन्ध रहिआएको उल्लेख गर्दै दुवै देशको पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न सकिने कुरामा जोड दिइएको थियो। भेटका क्रममा दुवै देशका कूटनीतिक व्यक्ति, सेलिब्रेटी, सञ्चारकर्मीहरूको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिने र पर्यटनका राम्रा अभ्यास आदानप्रदान गर्न सकिने विषयमा छलफल भएको थियो। नेपाल र इजरायलबीच पर्यटन प्रवर्द्धनगर्न आपसी सहकार्य गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) धनञ्जय रेग्मी र नेपालका लागि इजरायली दूतावासका डेपुटी चिफ अफ मिसन ताल स्वार्तमानबीच बुधबार भेटवार्ता भएको थियो भने मंगलबार रुसी प्रतिनिधिसँग भेटवार्ता भएको थियो। नेपालका लागि इजरायली दूतावासका डेपुटी चिफ अफ मिसन ताल स्वार्तमानले नेपाल विश्वकै सुन्दर मुलुक भएको र यहाँ पर्यटनको अथाह सम्भावना रहेको उल्लेख गर्दै नेपालको समग्र आर्थिक विकासमा इजरायल सधैं तयार रहेको बताए। उनले पर्यटक खोज तथा उद्धारको क्षेत्रमा समेत इजरायलको अभ्यास राम्रो रहेकाले त्यस क्षेत्रमा आपसी सहयोग र सहकार्य गर्न सकिने धारणा राखेका छन्। सो अवसरमा बोर्डका सिइओ रेग्मीले इजरायलबाट लामो समयदेखि नेपालका विभिन्न क्षेत्रमा सहयोग प्रदान भइरहेको उल्लेख गर्दै पर्यटनका क्षेत्रमा समेत इजरायलसँग मिलेर काम गर्न सकिने बताए। उनले कोभिडको संक्रमण क्रमशः घट्दै गएकाले विस्तारै नेपालको पर्यटनले गति लिने बताउँदै इजरायललाई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्नसमेत आग्रह गरेका छन्। भेटका अवसरमा बोर्डका प्रमुख रेग्मीले आपसी दूतावासको समन्वयमा नेपालका पर्यटन व्यवसायी र रसियाका पर्यटन व्यवसायीबीच अन्तरक्रिया आयोजना गरेर अघि बढ्न सकिने बताए। भेटमा रुसी दूतावासका प्रमुख वाणिज्य प्रनितिधि अलेक्जेन्डर लेओनिडोबीच रिवासले नेपालको पर्यटन प्रवद्र्धनका लागि काम गर्न सकिने बताए। यस्तै नेपाल पर्यटन बोर्ड र नेपालस्थित रसियन दूतावासका वाणिज्य प्रतिनिधिबीच नेपाल पर्यटन बोर्डमा भेटवार्ता भएको छ। भेटवार्तामा दुवै पक्षले आपसी सहकार्यमा दुवै देशबीच पर्यटन प्रवद्र्धन तथा अन्य क्षेत्रमा सहकार्य गर्न सकिने कुरामा जोड दिए। यसअघि पनि केही महिनाअघि नेपाल र रुसबीच पर्यटन प्रवद्र्धन गर्न आपसी सहकार्यका गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका सिइओ रेग्मी र नेपालका लागि रुसी राजदूतावासका फस्ट सेक्रेटरी युलिया ए आन्द्रोसोभाबीच पनि पर्यटन बोर्डमा भेटवार्ता भएको थियो।
