अन्य थपदेशप्रदेश-४ [गण्डकी]मुख्य समाचारसमाचारस्पेसलहेडलाइन

४ वेद१८ पुराणका रचायिता २८औ भगवान बेद ब्यासको १०८ फिट अग्लो मुर्ति निर्माण गरिने

Share to:

अन्जनराज न्यौपाने/तनहुँ, फाल्गुन १३,

तनहुँ जिल्लाको धार्मिक ,ऐतिहासिक एब्म् पर्यटकीय तिर्थ स्थल ब्यास जन्म भुमि दमौलीमा ४ वेद१८ पुराणका रचायिता २८औ भगवान बेद ब्यासको १०८ फिट अग्लो मुर्ति निर्माण गरिने भएको छ। वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुको मुल थलो मानिने भगवान बेदब्यासको जन्म भुमि ब्यास-३ शिवपांचायन मन्दिर परिसरमा कुल६४करोडको लागतमा उक्त मुर्ति निर्माण गर्न लागिएको हो ।
भगवान वेदब्यासको जन्म भुमि तनहुँ दमौलीमा नै हो भनी विश्वमाँझ चिनाउने उदेश्यले भगवान वेद ब्यासको १०८ फिट अग्लो तामाको मुर्ति स्थापना गर्न लागिएको ब्यास क्षेत्र विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले बताए । महर्षि बेद ब्यासको मुर्ति निर्माणकालागि पहिलो चरणको पेडेस्टल जग खन्ने काम भैरहेको छ। प्रेडेस्टल निर्माणकालागि संघिय सरकार ,प्रदेश सरकार ,स्थानीय सरकारको र ब्यास क्षेत्र विकास कोषको सहयोगमा ८ करोड मेगा प्रोजेक्ट अगाडि बडाईएको हो।
३५ प्रतिशत स्थानीय सरकारको लगानीबाट ,६५ प्रतिशत पर्यटन मन्त्रालयको सहयोग रहेको छ।निर्माण कम्पनीले ५ करोड ८५ लाखमा संझौता गरि जमिन मुनि१८ फुट र जमिन माथि ३५ फिटमाथि प्रेडेस्टल निर्माण गरि जेष्ठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ। मुर्तिकालागि पेडेस्टल ८ करोडमा निर्माण हुने छ भने, ३४ करोडको लागतमा तामाको धातुको १०८ फिट अग्लो ब्यासको मुर्ति निर्माण गरिने छ भने २२ करोडको लागतमा उक्त क्षेत्रमा सभागृह ,चमेना गृह ,योगाकक्ष, सभाहल,पार्किङ ,भोजनालय ,अतिथि गृह ,स्नान कक्ष र बगैंचा निर्माण गरिने भएको छ। कुल५० रोपनी क्षेत्रफल रहेको उक्त मुर्ति निर्माण स्थल नेपाल मै सबै भन्दा अग्लो मुर्ति निर्माणहुने दावी गरिएको छ। मुर्ति निर्माण सगै तनहुँको आर्थिक ,सामाजिक ,धार्मिक र पर्यटन प्रवर्द्धनमा टेवा पु्ने विस्वास व्यास क्षेत्र विकास समितिका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिए।
ब्यासका अध्येता काशीनाथ न्यौपानेले भगवान वेद ब्यासको प्राकाट्य स्थलमा निर्माण हुन लागेको मुरणति विश्वम्भरका हिन्दुहरुको आकर्षणको केन्द्र र अन्तर्राष्ट्रिय तिर्थ स्थल वनाउने उदेश्यकासाथ उक्त मुर्ति वैदिक सनातन हिन्दुधर्मालम्वीहरुको दर्शन स्थल बन्ने बताए । संसारका बैदिक,धार्मिक र सामाजिक भाव भएका ब्याक्तिहरु यश पवित्र तिर्थ स्थलको दर्शन गरि पुन्यलाभ लिन सकुन भनी भगवान् बेदब्यासको जन्म भुमिको पहिचान गराउन,ब्यास जन्म भुमिलाई हिन्दुहरुको अन्तर्राष्ट्रिय धार्मिक स्थल बनाउने उदेश्यकासाथ मुर्ति निर्माण गर्न लागिएको ब्यासका अध्येता काशीनाथ न्यौपानेले बताए ।

Like