के. पी. ओलीकाे सडक भत्काएर सुरक्षाकर्मीमाथि आक्रमण गरेकाेमा आपत्ति

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुन १०,

मुलुकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठनबन्धनमा सहभागी दलका कार्यकर्ताले नै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्धको आन्दोलनका नाममा सडक भत्काएर सुरक्षाकर्मीमाथि आक्रमण गरेकामा आपत्ति जनाएका छन्। आइतबार एमसिसी सम्झौता अनुमोदनको प्रस्ताव प्रतिनिधिसभामा पेस भएको थियो भने सोको विरोधमा वानेश्वरको सडकमा आन्दोलन भएको थियो। काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमाह हिजाे आयोजित साहित्यिक कार्यक्रममा अध्यक्ष ओलीले आफूमाथि ढुङ्गामुढा गर्नेमाथि प्रतिकार गर्ने आदेश नहुँदा सुरक्षाकर्मी पछि हटेको देखिएको बताए। उनले यसबारे आफूले गृहमन्त्री बालकृष्ण खाँडको आज ध्यानाकर्षण गराएको बताए।

Like