३५ जना कलाकारलाई अध्यागमनले रोक्यो

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण ६,

अध्यागमन कार्यालय स्रोतका अनुसार उनीहरु फ्लाई दुबइको एफजेड-५७२ नम्बरको उडानबाट शुक्रबार दुबई जान लागेका थिए। ‘यत्रो ठूलो संख्यामा साँस्कृतिक कार्यक्रमका लागि भन्दै दुबई जान हिँडेका रहेछन्। तर गृहमन्त्रालयले तोकेको कागजपत्र र दुबईस्थित नेपाली दूतावासको ‘नो अब्जेक्सन लेटर’ समेत नभएपछि हामीलाई शंकास्पद लाग्यो,’ स्रोतले भन्यो, ‘आयोजकले पनि दुबई जानैपर्ने आधार प्रस्तुत गर्न सकेन। त्यही भएर रोक्यौं।’कलाकार भएको भन्दै साँस्कृतिक कार्यक्रमका लागि दुबई हिँडेका ३५ जनालाई त्रिअबी अध्यागमन कार्यालयले रोकेको छ। काठमाडौंको अनामनगरस्थित प्रियसी म्युजिक प्रालिबाट टुरिस्ट भिसामा दुबई जान लागेका उनीहरुको यात्रा शंकास्पद लागेपछि अध्यागमन कार्यालयले रोकेको हो। पछिल्लो समय मानव तस्करहरु सक्रिय भएको भन्दै गृह मन्त्रालयले ‘भिजिट भिसा’मा अध्यागमन कार्यालयलाई कडाइ गर्न निर्देशन दिएको छ। सो भिसामा विदेश जानैपरे मन्त्रालयले त्यसका लागि आवश्यक मापदण्ड पनि लागू गरेको छ।

Like