अब दुई तिहाइ पुर्‍याएर देखाउन् त निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको खबरदारी

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुन २,

मुलुकमा संसद सचिवालयमा महाभियाेग प्रस्ताव दर्तासँगै निलम्बननमा परेका प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले दुई तिहाइ पुर्‍याएर आफूलाई हटाउन चुनाैती दिएका छन्। संसदबाट महाभियाेग पारित गर्न दुई तिहाइ चाहिने भए पनि सत्ता गठबन्धनसँग त्याे सिट छैन । प्रमुख प्रतिपक्षी एमालेबिना महाभियाेग पारित हुँदैन । सत्ता गठबन्धनका सांसदले आइतबार जबराविरुद्ध महाभियाेग प्रस्ताव दर्ता गरेसँगै झन्डावाल गाडी सर्वाेच्चमै छाडेर निवास फर्किएका उनले निकटस्थसँग कुरा गर्दै भने, ‘दलहरूले संवैधानिक प्रक्रिया सुरु गरे, अब दुई तिहाइ पुर्‍याउन् ।’ एमालेकाे आइतबारकाे सचिवालय बैठकले महाभियाेग प्रस्तावविरुद्ध प्रतिवाद गर्ने प्रारम्भिक टिप्पणी गरेकाे थियाे । एमाले संसदीय दलकाे बैठक आज बस्दैछ ।

Like