हृदयश त्रिपाठीको नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन पार्टीको नाम जनता प्रगतिशील पार्टी नेपाल

Share to:

रासंसा/काठमाण्डौ, माघ २८,

मुलुकमा पार्हृटी दर्दता गर्यने क्शरम फेरी बढ्न थालेको अनुभूति हुन थालेको छ । हृदयश त्रिपाठीले आफ्नो अध्यक्षतामा जनता प्रगतिशील पार्टी नेपाल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । अध्यक्ष त्रिपाठीले चुनाव चिन्ह दिएका छैनन्। निर्वाचन आयोगले तीनवटा चुनाव चिन्हमध्ये एउटा चयन गर्न भनेको थियो तर अध्यक्ष त्रिपाठीले आफूले चुनाव चिन्ह पछि दिने बताएका छन् । ३० सदस्यीय कार्यसमितिसहित त्रिपाठीले शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएको सो पार्टीका महासचिव ईश्वरदयाल मिश्रले बताए । पार्टी दर्ताका पार्टीको विधान, घोषणापत्र लगायत कार्यसमिति सदस्यको हस्ताक्षरसहित आवश्यक अन्य डकुमेन्टहरू राखेर निवेदन दर्ता गराएको उनले बताए । उनले भने, ‘३० जनामध्ये १५ जनाले सनाखत गरेका छन् । बाँकी १५ जनाले आइतबार सनाखत गर्नेछन् ।’ पार्टी वरिष्ठ उपाध्यक्षमा डा.शिवजी यादव छन् । यस्तै अन्य तीनजना उपाध्यक्षमा हर्ककलाल सिंहराजवंशी, मोहम्मद साविर हुसैन र फरहान अकवाल खाँ रहेका छन् । महासचिवमा इश्वर दायाल मिश्र र डा.भरतकुमार थापा रहेका छन् भने सदस्यहरुमा बाबा सरकार श्रेष्ठ, हेमशंकर सिंह ‘राजपुत’, श्याम थापा, देवेन्द्र किशोर ढुगांना, उमा तिवारी, रामचन्द्र सुतियार शर्मा, श्रीमननारायण मिश्र, शोभा त्रिपाठी, गीता भुसाल, श्यम कृषि अधिकारीलगायतका छन् ।

Like