भाइरस संक्रमित बढ्दो, २४ घन्टामा थप १२ हजार ८ जनामा कोरोना ८ जनाको मृत्यु

Share to:

रासंसा/काठमाण्डौ,माघ ११,

मुलुकमा पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो। मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ। मंगलबार थप आठजनासहित मृत्‍यु हुनेको कूल संख्या ११ हजार ६६७ पुगेको छ भने ८ लाख २७ हजार २७९ जना संक्रमणमुक्त भएका छन्। यस्तै पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु भएको छ भने २४ घण्टामा तीन हजार ४० जना संक्रमणमुक्त भएका छन्। हाल देशभरमा ८८ हजार ९३४ सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितमध्ये ८७ हजार ११७ जना होम आइसोलेसनमा रहेका छन् भने एक हजार ८१७ जना संस्थागत आइसोलेसनमा छन्। कोरोनाका बिरामीमध्ये २४५ जना आईसीयू र ४४ जना भेन्टिलेटरमा उपचाररत् छन्।

Like