तनहुँ ट्राफिकको सराहनीय कार्य , १ करोड ७० लाख ७५ हजार राजश्व
*************************************** अन्जनराज न्यौपाने / गण्डकी प्रदेश समाचार / १० गते/ सोमबार तनहुँ ।*****************************************जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँ दमौलीले चालू आर्थिक बर्षको पौष मसान्तसम्ममा १ करोड ७० लाख७५ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ। पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन देखि कोत्रे सम्मका ८ पोष्टहरुबाट दैनिक सवारी चेकजाँचगरि कार्वाहीगर्ने क्रममा उक्त रकम उठेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ। 
विभिन्न सवारीसाधनहरु चेकजाँच गर्दा मोटरसाइकल बडी मात्रामा कार्वाहीमा परेका छन्।चालू आर्थिक ६ महिनामा ४४ वटा दुर्घटना भएको छ भने उक्त दुर्घटनामा २८ जनाले ज्यान गुमाएका छन् जसमा२१ पुरुष ५ महिला ,१ वालक र १ बालिका रहेका छन।
यस बर्षको अबधिमा मोटरसाइकल २७ वटा दुर्घटना भएका छन। जसमा ट्याम्पो१ वटा ,जीपकार-९ वटा ,बस -६ ट्याक्टर -६ वटा र टिप्पर १ वटा पृथ्वीराजमार्ग भएर चल्ने विभिन्न सवारी साधनहरुमा २५ हजार २ सय सवारीसाधन कार्वाहीमा परेका छन, जसमा मोटरसाइकल ९२ सय५७ वटा र ९३ सवारीसाधन मादक पदार्थ सेवन गरि कार्वाहीमा परेका हुन्।सवारीसाधनहरु दुर्घटना भएका छन।
ट्राफिक नियमको पालना नगर्दा ,तिब्रगतिका कारण,लाईसन नभएकाहरुले सवारीसाधन चलाउदा ,ओभरट्याक गरि सवारीसाधन चलाउदा,पैदल यात्रीले अगाडि पछाडि नहेरी बाटो काट्दा र साँघुरो बाटोमा ओभर स्पिड सवारीसाधन चलाउदा अत्याधिक दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख गोकर्ण नेपालले जानकारी दिए।
