दाङबाट बाघको छालासहित चार जना पक्राउ
रासंसा/दाङ, पौष २५,
वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले बाघको छालासहित चारजनालाई पक्राउ गरेको जानकारी दिनुभयो । प्रहरीले लमही नगरपालिका टिकुलीगढबाट बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ । बाघको छाला बिक्री गर्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिकाका शंकर गिरी, उनकी श्रीमती झरना थापा, लमही नगरपालिका नर्तिका गिरबहादुर बिश्वकर्मा र लमही नगरपालिका बरुवा गाउँका आशाकुमार चौधरी छन् । बरामद गरिएको बाघको छालासहित उनीहरूलाई डिभिजन वन कार्यालय देउखुरीलाई बुझाइएको छ ।
Like