अन्य थपअपराधदेशप्रदेश-३ [बागमती]मुख्य समाचारस्पेसलहेडलाइन

तीन सयभन्दा बढीविरुद्ध पक्राउ पूर्जी, ललिता निवास जग्गा अनियमितता प्रकरणमा

Share to:

रासंसा/काठमाण्डौ, पौष २१,

मुलुकमा ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका तीन सय जनाभन्दा बढीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)लाई अनुमति दिएको छ । जग्गा अनियमिततामा संलग्न रहेको आरोपमा करिब चार सय जनामाथि केन्द्रित रहेर अनुसन्धान गरिएको र तीन सयभन्दा बढीलाई पक्राउ गर्न अनुमति लिइएको उनले बताए । बालुवाटार जग्गा अनियमितता प्रकरणको अनुसन्धान गरिरहेको सीआइबीले जिल्ला अदालतसमक्ष उनीहरुका नाममा पक्राउ अनुमति माग गरेको थियो । सीआइबीको माग अनुसार काठमाडौं जिल्ला अदालतले अनुमति दिएको अनुसन्धानमा संलग्न एक अधिकृतले रातोपाटीलाई बताए । ललिता निवास जग्गा अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरेको छ । एकैपटक ठुलो संख्यामा पक्राउ गरेर अनुसन्धान गर्न सहज नहुने भन्दै उनले संलग्नता र कसुरको मात्रा हेरेर क्रमशः पक्राउ गर्दै बयान लगायतका आवश्यक अनुसन्धान प्रक्रिया पूरा गर्ने उनको भनाइ छ ।

Like