पशुपती अन्नपुर्णा आश्रमका प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश वैद्यलाई धन्यवाद पत्र
रासंसा/कार्तिक १७, ललितपुर, अन्नपुर्णा आश्रमका प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश वैद्यलाई जिल्ला समन्वय समिति काठमाण्डौले समितिको कार्यकक्षमा समन्वय समिती प्रमुख शिवशुन्दर राजवैद्यले धन्यवाद पत्र प्रदान गरेको छ । समितिले राष्ट्रिय समाजसेवी प्रा. डा. वैद्यले ललितपुर जिल्लाका विभिन्न मठमन्दिर, गुम्बा, चैत्य लगायत विद्यालय तथा विश्व विद्यालयहरुमा भगवानका बहुमुल्य मुर्ति तथा अष्टधातुबाट निर्मित १२७ केजि देखि ४७२ केजिसम्मका घण्टा पशुपती अन्नपुर्णा आश्रममार्फत प्रदान गरिएको थियो ।
यश जिल्लाभन्दा अरु अन्य जिल्लाहरूमा र अन्तर्राष्ट्रिय मुलुकमा समेत सरस्वतीको मुर्ति तथा घण्टा दान गरेको संरक्षक वैद्यले बताउनुभयो । पशुपतिअन्नपुर्णा आश्रममार्फत मैले गरेको दान दिन पाउँदा आरद्यदेव भगवान पशुपतिनाथले नै आशिर्वाद दिएकोअनुभुति भएको प्रा.डा वैद्य बताउदै जलविनायक गणेश मन्दिरमा १०९ औं पटकको दान अहिलेसम्मको घण्टा दान गरेमध्येको सबैभन्दा ठूलो ४७२ केजिको घण्टा भएको बताउनुभयो । सो घण्टा पशुपती अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष के बि सम्राटले किर्तिपुर नगरपालिका वडा ६ का वडाध्यक्ष न्हुच्छे बहादुर महर्जन तथा जलविनायक गणेश मन्दिरका पुजारीलाई सन्युक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

