काेइराला सेवा समाज नेपालद्वारा रक्तदान कार्यक्रम सम्पन्न
रासंसा/काठमाण्डौ, पौष २८,
मुलुकमा काेइराला सेवा समाज नेपालद्वारा नेपाल स्वयंसेवी रक्तदाता समजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा आज नेपाल रेडक्रस साेसाइटी केन्द्रीय रक्त सञ्चार सेवाकाे प्राङ्गणमा रक्तदान कार्यक्रमकाे आयाेजना गरियाे ।
काेइराला समाजका अध्यक्ष हितानन्द काेइरालाकाे सभाध्यक्षमा सञ्चालित उक्त कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा २८ जनाले रक्तदान गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले रक्त संकलन थैली प्रदान गरि कार्यक्रमकाे उद्घाटन गर्नुभएको थियोे । कार्यक्रममा विशेष अतिथि कृष्णमुरारी अतिथिहरूमा क्रमशः भवराज काेइराल,नेत्र काेइराल,सालीग्राम काेइराल,हेमराज काेइराल,समिता काेइराल, गाेपाल काेइराल कृष्ण काेइराल र केन्द्रीय रक्त सञ्चार सेवाकी वरिष्ठ प्राबिधिक गमला क्षेत्रीकाे आतिथ्यता रहेकाे थियोे । सिङ्गाे कार्यक्रमकाे संयाेजन उज्वल काेइरालले गर्नुभएको साे कार्यक्रमकाे उद्घाेषण एवं सहजिकरण प्रेमप्रसाद काेइराल(सागर)ले गर्नुभएको थियोे ।