विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपाल आज स्कटल्याण्डसँग खेल्दै

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक १९,

मुलुकमा आईसीसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपाल आज स्कटल्याण्डसँग खेल्दैछ। घरेलु टोलीसँगको दोस्रो खेलमा पनि पराजित भएको नेपाल आज जितका साथ सिरिज अन्त्य गर्ने लक्ष्यमा हुनेछ।आफ्नो पहिलो खेलमा अमेरिकासँग तीन विकेटले पराजित भएको नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो । तेश्रो खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको थियो। स्कटल्याण्डसँगको खेलसँगै नेपालले विश्वकप लिग टु अन्तर्गत अमेरिका भ्रमण टुंग्याउन लागेको हो।अमेरिकाको डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा खेल आज राति सवा दस बजे हुने छ। नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र यूएईले लिग–२ खेलिरहेका छन्।अहिले घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डबीच त्रिदेशीय शृङ्खला चलिरहेको छ।

Like