गुल्मी जिल्ला एसर्ईई र १२ मा ‘टप’
रासंसा/गुल्मी, श्रावण १८,
मुलुकमा कक्षा १२ को सार्वजनिक नजितामा गुल्मी, रेसुंगा माध्यमिक विद्यालयकी गृष्मा पाण्डे ‘जिल्ला प्रथम’ भएकी छन् । रेसुंगा नगरपालिका–२ मा रहेको रेसुंगा माविमा अध्ययनरत पाण्डेले ३.८२ जीपीए प्राप्त गरी ‘जिल्ला प्रथम’ भएको प्रध्यानाध्यापक भागिरथ भण्डारीले जानकारी दिए ।रेसुंगा माविमा ‘प्लस टु’मा विज्ञान, व्यवस्थापन र सिभिल इन्जिनियरिङ विषय अध्यापन हुँदै आएको छ । प्रधानाध्यापक भण्डारीले विद्यार्थी, अभिभावक र शिक्षकको निरन्तरको मेहनतको परिणामले नजिता प्राप्त भएको प्रतिक्रिया दिए । विज्ञान समूहतर्फकी विद्यार्थी पाण्डे २०७८ सालको एसईई परीक्षामा पनि ३.९० जीपीए प्राप्त गर्दै छात्रातर्फ ‘जिल्ला प्रथम’ भएकी थिइन् । रेसुंगा मावि विद्यार्थी संख्याका आधारमा २०८१ सालमा प्रकाशित एसईई नजितामा गुल्मी जिल्ला प्रथम भएको थियो । शुक्रबार सार्वजनिक नतिजामा रेसुंगा माविबाट सहभागी ८१ मध्ये ५९ विद्यार्थी उत्तीर्ण भएका छन् । जसमा प्राविधिकतर्फ १६ मा १२ जना उत्तीर्ण भएको प्रधानाध्यापक भण्डारीले जानकारी दिए ।