सत्ता समीकरण परिवर्तनपछि प्रमुख सचेतकहरू र सभामुखबिच सिंहदरबारमा छलफल
रासंसा/काठमाण्डौ, श्रावण ०४,
मुलुकमा सत्ता समीकरण परिवर्तनपछि सभामुख देवराज घिमिरेले पहिलो पटक राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । छलफलमा पछिल्लो राजनीतिक गतिविधि र सदनको काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ । छलफलमा उपसभामुख इन्दिरा राना पनि सहभागी छिन् । सिंहदरबारमा जारी छलफलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सहभागी छन् ।
Like