आजपनि देशभर भारी वर्षाको सम्भावना, ३० जिल्लामा रेड अलर्ट सचेत रहन आग्रह
रासंसा/काठमाण्डौ, आषाढ २३,
मुलुकमा मौसम पूर्वानुमान महाशाखाले आजपनि देशभर धेरै भारीदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले देशका ३० जिल्लामा उच्च जोखिम रहेको भन्दै रेड अलर्ट जारी गरेको छ। महाशाखाका अनुसार लुम्बिनीका ९, गण्डकीका ८, कर्णालीका ६ र सुदूरपश्चिमका ७ जिल्ला उच्च जोखिममा रहेका छन्। महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको भन्दै मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित रहेको जनाएको छ। महाशाखाले दिएको जानकारी अनुसार आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महशाखाले जनाएको छ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसोː देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। दिउँसोː देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। रातिː देशभर साधारणतया बदली रहने छ। कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।