सालिक ठड्याउन निषेधपछि राप्रपाले भन्यो: ‘जिउँदो राजालाई नारायणहिटीमा उभ्याउने तागत सिर्जना गरौँ’
रासंसा/काठमाण्डौ, मार्ग २९,
मुलुकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महेन्द्रनगरमा राजा महेन्द्रको सालिक राख्ने तयारीमा स्थानीय प्रशासनले तगारो लगाइदिएको छ। सालिक स्थापना कार्यक्रम रोक्न स्थानीय प्रशासनले बिहीबार साँझ निषेधाज्ञाको सूचना जारी गरिसकेको छ। उनले देशको विकास र आधुनिकीकरणमा महत्त्वपूर्ण योगदान दिने राजाका सालिक ठड्याउन अवरोध गर्ने सरकारी निर्णयप्रति आपत्ति जनाए। स्थानीय प्रशासनले जारी गरेको निषेधको सूचनामा राष्ट्रिय प्रजातन्त्र पाटीले भनेको छ, ‘निषेधको राजनीतिले मूलक अगाडी बढ्दैन।’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले नागरिक न्युजसँग सरकारको निर्णयको आलोचना गरे। महेन्द्रनगरस्थित भीमदत्त नगरपालिका ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा महेन्द्रको सालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा भएको विरोधसँगै प्रशासनले निषेधाज्ञा जारी गरेपछि प्रवक्ता श्रेष्ठले उक्त धारणा राखेका हुन्। उक्त चोक भीमदत्त सालिक छ। विभिन्न राजनीतिक दलहरूबिच मतभिन्नता भई आएको र शान्ति सुव्यवस्थालाई कायम राख्न निषेधाज्ञा जारी गरिएका जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बिहीबार एक विज्ञप्ति जारी गर्दै एक साताको लागि निषेधाज्ञा जारी गरेको छ। ‘नेपालको स्वतन्त्र अस्तित्व कायम राख्दै तात्कालिक परिवेशमा देशको विकास र आधुनिकीकरणमा महत्त्वपूर्ण दिनुहुने राजा पृथ्वीनारायण शाहलाई पोखराको पृथ्वीचोकमा र राजा महेन्द्रलाई महेन्द्रनगरमा मात्रै होइन देशका विभिन्न ठाउँमा सालिक बनेर ठडिने हक छ’, उनले नागरिकसँग भने, ‘सालिकरूपी पत्थरको राजासँग डराउनेहरू कायर हुन्, इतिहासको सम्मान नगर्नेहरू असभ्य हुन्। जिउँदो राजालाई नारायणहिटीमा उभ्याउने तागत सिर्जना गरौँ।’ भीमदत्त नगरपालिका–४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा शान्ति सुव्यवस्थालाई कायम राख्न निषेधाज्ञा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ। स्थानीय ८ दलले यस्ता गतिविधिले व्यवस्था खतरा पर्ने औँल्याउँदै गर्दा धेरैले तिम्रो व्यवस्था कति कमजोर भन्दै व्यङ्ग हानेका छन्। ‘ए पाखण्डी हो सालिकले हैन, तिम्रो कर्मले तिम्रो व्यवस्था रहने नरहने निर्धारण गर्छ,’ सामाजिक संन्जालमा जीवराम भण्डारी लेख्छन्, ‘निषेधको भावना तिमी धेरै कमजोर भएको उपज हो, यस्तै गर्दा पञ्चायत चिप्लेको थियो याद गरे।’ राप्रपा कञ्चनपुरले मङ्सिर २८ गते संविधान चोकमा महेन्द्रको सालिक स्थापना भन्ने खबर सार्वजनिक भएसँगै त्यसमा विभिन्न प्रतिक्रियाहरू सुनिन थालेको थियो। कञ्चनपुरकाे संविधान चोकमा सालिक स्थापना हुने खबरसँगै उक्त काम संविधानको बर्खिलाप भन्दै नेपाली काँग्रेस, एमाले, माओवादी लगायत ८ दलले संयुक्त विज्ञप्ति निकालेका थिए। ‘ए पाखण्डी हो सालिकले हैन, तिम्रो कर्मले तिम्रो व्यवस्था रहने नरहने निर्धारण गर्छ,’ सामाजिक सञ्जालमा जीवराम भण्डारी लेखेका थिए, ‘निषेधको भावना तिमी धेरै कमजोर भएको उपज हो, यस्तै गर्दा पञ्चायत चिप्लेको थियो याद गर।’ त्यस्तै सामाजिक सञ्जालमा राधाकृष्ण डुम्रे लेख्छन् ‘देश गणतन्त्र भइसकेपछि सालिकसँग किन डराउनु प¥यो, इतिहासको सम्मान र संरक्षण गर्न सक्नु पर्छ । यसमा मात्रै नेपाल र नेपालीको हित छ।’