चार्ल्स डिकेन्स ‘कमैया’ बनेको त्यो घर

Share to:

एजेन्सी,

चाल्र्स डिकेन्सले सन् १८३८ मा लेखेको उपन्यास ‘ओलिभर ट्विस्ट’को ‘कुन वर्कहाउसले संसारको सबैभन्दा प्रसिद्ध व्यक्तिलाई प्रेरित गर्‍यो ?’ भन्ने प्रश्न दशकौंसम्म अनुत्तरित रह्यो। यसको जवाफ सन् २०१० मा अचानक प्रष्ट भयो। सोही वर्ष एक विदुषी रुथ रिचर्डसनले दुई विन्दुलाई जोडेकी थिइन्। जुन एक शताब्दीभन्दा बढीसम्म प्रख्यात रहे पनि बेवास्ता गरिएको थियो। पहिलो डिकेन्स र उनको परिवार बसेको घर र दोस्रो सन् १७७० को दशकमा निर्माण भएको स्ट्र्यान्ड युनियन वर्कहाउस। उक्त वर्कहाउस डिकेन्सका आमाबाबुले ऋण तिर्न नसकेर उनीहरूलाई बन्धक बनाएर राखिएको ठाउँ थियो। डिकेन्सले २४ वर्षको उमेरमा लेखेका दोस्रो उपन्यास ‘ओलिभर ट्विस्ट’ यही वर्कहाउसमा आधारित छ। डा. रिचर्डसनको खोजी ठिक समयमा बाहिरियो। वर्कहाउस अझै आश्चर्यजनक रूपमा जस्ताको तस्तै छ। वर्कहाउस राष्ट्रिय स्वास्थ्य सेवासँग सम्बन्धित एक फाउन्डेसनको स्वामित्वमा रहेको अस्पतालको प्रयोग नगरिएको भाग थियो। यसलाई उनीहरूले सुविधा सम्पन्न अपार्टमेन्टहरू बनाउन चाहन्थे। सन् २०११ मा वर्कहाउस ऐतिहासिक संरक्षणका लागि सूचीकृत भयो। स्थानीय अधिकारवादीहरूका लागि यो जित थियो। तर पिटर बुरोजका लागि भने यो अलि फरक थियो। डिकेन्सले २४ वर्षको उमेरमा दोस्रो उपन्यास ‘ओलिभर ट्विस्ट’ लेखेका थिए। त्यसका लागि उनले अपार्टमेन्ट रिजेन्सी थिएटरबाट नाम र ठाउँहरू जुराइसकेका थिए। शताब्दीभन्दा बढीसम्म प्रख्यात रहे पनि बेवास्ता गरिएका थिए, पहिलो डिकेन्स र उनको परिवार बसेको घर। दोस्रो सन् १७७० को दशकमा निर्माण भएको स्ट्र्यान्ड युनियन वर्कहाउस। उत्ताm वर्कहाउस डिकेन्सका आमाबाबुले ऋण तिर्न नसकेर उनीहरूलाई बन्धक बनाएर राखिएको ठाउँ थियो। अन्तत: वर्कहाउसलाई जोगाउन यसले एक अति प्रभावशाली व्यक्तिको शक्ति लियो। जसले ‘अ क्रिसमस क्यारोल’ ‘महान् अपेक्षाहरू’ लगायतका एक दर्जनभन्दा बढी कृति सिर्जना गरे। एक अन्तर्वार्तामा डा. रिचर्डसनले भनेकी थिइन्, ‘डिकेन्सबिना हामी पूर्णतया हराउने थियौं।’ आज भवन होहल्लाले भरिएको निर्माणस्थल बनेको छ। हालै एक मध्याह्नमा बुरोजले त्यहाँ भ्रमण गर्दा एक दर्जनभन्दा बढी पुरुषले ह्यामरले ठोक्ने र ड्रिलिङ गर्ने गरिरहेका थिए। त्यतिखेर अपार्टमेन्टले रूपरेखा लिइरहेको थियो। वर्षौंसम्म यो भवनलाई मिडलसेक्स एनेक्सी भनिन्थ्यो। यसले नजिकैको अस्पतालको एक विभागको रूपमा काम गर्‍यो। जव भवनलाई भत्काउन दबाब दिइयो। सन् २००७ मा प्राध्यापक ब्ल्याक र जर्जियन युग वास्तुकलामा समर्पित एक परोपकारी संस्थाले यसलाई संरक्षण गर्ने प्रयास गरे। युनिभर्सिटी कलेज लन्डन हस्पिटल नेसनल हेल्थ सर्भिस फाउन्डेसन ट्रस्ट यो भवनको स्वामित्व रहेको संस्थाको आधिकारिक नाम हो। बुरोज युनिभर्सिटी कलेज लन्डन हस्पिटल च्यारिटीका विकास निर्देशक हुन्। उनी स्वास्थ्य सेवामा पैसा खर्चन्छन्। वर्कहाउस सोही संस्थाको स्वामित्वमा छ। बुरोजले वर्कहाउसलाई ११ वटा ठूला अपार्टमेन्ट र दुई वटा घरमा परिणत गर्ने जिम्मेवारी पाएका छन्। ती सबै अर्को वर्षको अन्त्यसम्ममा बिक्री हुने अपेक्षा गरिएको छ। यहाँको सम्पत्तिमा १८औं र १९औं शताब्दीमा गरिबको चिहान भएको जमिन पनि छ। गत वर्ष पुरातत्त्वविद्ले करिब एक हजार शव निकाले। ‘हामीलाई थाहा थियो कि हामीसँग एउटा चिहान छ। हामीसँग एक सूचीकृत भवन पनि छ’, बुरोज भन्छन्, ‘तर यसमा कुन हदसम्म काम गर्न बाँकी छ भन्ने कसैलाई थाहा थिएन।’ परियोजना शुल्क १३० मिलियनभन्दा बढी छ। यसभित्र उत्खनन लागत र एउटा ठूलो नयाँ अपार्टमेन्ट कम्प्लेक्स समावेश छ। यसले चाँडै चिहान भएको जग्गामा एउटा भुइँचालो ल्याउने छ। दु:खद् खबर, अहिले लन्डनमा डिलक्स अपार्टमेन्टहरू बेच्ने सही समय भने होइन। कोरोना महामारीका कारण घरको मूल्यमा ठूलो गिरावट आएको छ। अन्तत: यो च्यारिटीले कति घाटा खानेछ भन्ने थाहा छैन। डा. रिचर्डसन लन्डनको नटिङ हिल खण्डमा दुई कोठामा बसेर सात जनाको परिवारमा हुर्किएकी थिइन्। उनी र उनका साथीहरू नाजीले बम बिस्फोट गरेका खाली ठाउँमा खेल्थे। ओलिभर ट्विस्ट उनले पढेको पहिलो पुस्तक थियो। उनको शिक्षिकाले उत्कृृष्ट क्षमता भएको विद्यार्थीको रूपमा उनलाई पुस्तक पुरस्कार दिएकी थिइन्। उनको सन् १९८७ मा प्रकाशित ‘मृत्यु विच्छेदन र निराधार’ले रिचर्डसनलाई एक चिकित्सकीय झुकावसहितको इतिहासकारमा परिणत गर्‍यो। यसले उनलाई जोसेफ रोजर्स र वर्कहाउसको फराकिलो विषय पत्ता लगाउन नेतृत्वदायी भूमिकामा सफल बनायो। रोजर्सले द ल्यान्सेट मेडिकल जर्नलका सम्पादकहरूसँग भेट गरेपछि र ठाउँको कमी भएको बताएपछि वर्कहाउसले अन्तत: राष्ट्रिय रूपमै विवादित बनायो। ती लेखहरूले संसद्लाई नयाँ वर्कहाउस कानुन पारित गर्न उत्प्रेरित गरे। रोजर्सले लन्डन वर्ककाउसको सुधारका लागि एक संगठन खोले। यसले तुरुन्तै संसद्का २० सदस्य र देशकै सबैभन्दा प्रसिद्ध उपन्यासकारको पनि समर्थन प्राप्त गर्‍यो। सस्तो साम्प्रदायिक जीवनको खोजीमा रहेका ४० लन्डनवासीलाई यहाँ कोठा भाडामा दिन थालियो। खाली भवनहरूलाई तोडफोड हुनबाट रोक्ने यो बेलायती जमिनदारहरूको साझा रणनीति थियो। भाडामा बस्नेहरू धेरै युवा थिए, योग प्रशिक्षक, अभिनेता र क्लब बाउन्सर आदि। त्यहाँ बस्ने सबै अभिभावकलाई थाहा थियो कि उनीहरूलाई कुनै पनि दिन त्यहाँबाट निकाल्न सकिने छ। उक्त सम्भावना विशेषगरी एक बासिन्दाका लागि डरलाग्दो थियो जो अज्ञात कारणका लागि गुमनाम रहन चाहन्थिन्। र उनी कहिल्यै पहिचानमा आइनन्। उनले एक विद्वान्लाई सम्पर्क गरिन्, जसले ब्रिटिस मेडिकल जर्नलका लागि निबन्ध लेखेका थिए। निबन्धमा भिक्टोरियन युगका मेडिकल नायकमध्येका एक जोसेफ रोजर्सका बारेमा थियो। स्ट्र्यान्ड युनियन वर्कहाउसमा रोजर्सले प्रमुख चिकित्सा अधिकारीको रूपमा सेवा गरेका थिए। रोजर्सलाई सम्पर्क गर्ने ती विदुषी रुथ रिचर्डसन थिइन्। केही साताअघि उनी एक रिपोर्टरसँग वर्कहाउस गएकी थिइन्। सन् २०२० यता कोभिडको प्रभावसँग जुधिरहेकी उनले भनिन्, ‘यहाँ बस्ने मानिस पुराना र टुक्रिएका थिए। आफ्नो जीवनभर रक्तपातपूर्ण काम गरे। यो गरिबका लागि यातना शिविर थियो।’ डिकेन्स र उनका परिवारले उनी १९ वर्षको हुँदा उक्त ठाउँ छोडे। उनले २४ वर्षको उमेरमा लेखेको दोस्रो उपन्यास ‘ओलिभर ट्विस्ट’का लागि उनले त्यहीबाट नाम र ठाउँहरू जुराइसकेका थिए। डा. रिचर्डसनको अनुमान छ कि डिकेन्सले १२ वर्षको उमेरमा वर्कहाउसमा बस्ने केटाहरूलाई भेटेका थिए। ‘फगान नामको फ्याक्ट्रीमा उनले एउटा अनाथलाई भेटे’, उनी भन्छिन्, ‘डिकेन्सले उपन्यासमा वर्णन गरेका छन्।’ डिकेन्स सोसाइटीका संस्थापक सदस्य डेभिड पारोइसियनलाई रिचर्डसनले २२ क्लिभ (ल्यान्ड स्ट्रिटको भुईं तल्लामा रहेको एउटा पसलमा लगिन्। ‘डिकेन्स यो भवनमा बसेका कुरा साँचो हो कि होइन भनेर उहाँले त्यहाँको मालिकलाई सोध्दा उनले ‘ए हो’ भनिन्’, डा. रिचर्डसनले स्मरण गर्छिन्, ‘त्यसपछि उहाँ मतिर फर्कनुभयो र भन्नुभयो यो लोक स्मृतिमा छ।’ डिकेन्स सन् १८६६ मा संगठनको पहिलो बैठकमा उपस्थित हुन असमर्थ भए। तर, उनले कार्यक्रममा पठाएको पत्र ठूलो स्वरमा पढिँदा त्यहाँ तालीको गडगडाहट गुञ्जियो। जब डा. रिचर्डसनले वर्कहाउस बनाउने अभियान सुरु गरिन्, उनले व्यर्थमा केही संस्थाको साथ लिने प्रयास गरिन्। चर्च अफ इंग्ल्यान्ड, नेसनल ट्रस्टलगायतका ती कुनै पनि संस्थाले सहयोग भने गरेनन्। त्यसपछि उनको ध्यान धेरै पहिले बितिसकेका एक लेखकमा पुग्यो। डिकेन्सको जीवनीमा १० नोर्फोक स्ट्रिटका सन्दर्भ थिए। किशोर अवस्थामा डिकेन्सले सोही ठेगानासहितको बिजनेस कार्ड बनाएका थिए। सोही कार्डमार्फत उनले आफूलाई लघुलेखकका रूपमा चिनाएका थिए। कसैले पनि ती युवालाई डिकेन्सको स्ट्र्यान्ड युनियन वर्कहाउससँगको सम्बन्ध भनेर बुझेनन्। डिकेन्सको अपार्टमेन्ट रिजेन्सी थिएटरभन्दा एक घर टाढा थियो। त्यहाँ नाटकहरू प्रदर्शन गरिन्थ्यो। भवन भत्किएको थियो, पछि पुनर्निर्माण गरियो। उक्त स्थान ‘अ हार्ड डेज नाइट’मा बिटल्सको कन्सर्ट स्थलको रूपमा स्मरणीय बन्यो। धेरै मृतक वर्कहाउसका बन्धक थिए भन्ने निष्कर्ष उनको टोलीले निकाल्यो। काम सम्पन्न भएपछि वर्कहाउसलाई एक–दुई–तीन बेडरुम युनिटका रूपमा बिक्री गरिने छ। यसको मूल्य करिब १.३ मिलियनबाट सुरु हुनेछ। ‘लन्डनको सुविधासम्पन्न अपार्टमेन्ट बजार करिब पाँच वर्षका लागि लगातार बढ्यो। सन् २०११ मा सुरु भयो। विदेशी खरिददारहरूले लगानी उद्देश्यका लागि अपार्टमेन्टहरू लिए’, घर जग्गा एजेन्ट एड्रियन फिलपोटले भने। मूल्य २०१६ तिर उत्कर्षमा पुग्यो। त्यसपछि ब्रेक्सिट जनमत संग्रहको प्रभाव पर्‍यो। महामारीले यसमा थप चोट पुर्‍यायो। फिलपोटले पाँच वर्षअघिको तुलनामा बजार १० देखि १५ प्रतिशतसम्म ओरालो लागेको बताए। अपार्टमेन्ट भवनलाई क्लिभल्यान्ड कोर्ट भनिनेछ। यो नाम सुरुचिपूर्ण एवं ऐतिहासिक सुनिन्छ। नयाँ बासिन्दाले भवनको विगतलाई बेवास्ता गर्न सक्ने डा. रिचर्डसनको चिन्ता छ। सोही दिन डा. पारोइसियनले वर्कहाउस बचाउन एक सम्झौतापत्रमा हस्ताक्षर गरे। सन् २०११ मा वर्कहाउस सूचीकृत गरिएको थियो। यसलाई नष्ट गर्ने खतरा सोही समयदेखि समाप्त भयो। जुन पिटर बुरोजको टाउको दु:खाइको विषय बनेको थियो। सडक छेउमा रहेको निर्माण कार्यालयमा बसेर उनले भने, ‘वर्कहाउसको संरक्षण गर्न पाउँदा हामी एकदमै खुसी छौं।’ ७७ वर्षीय चार्टर्ड एकाउन्टेन्ट बुरोजले निकै होसियारीपूर्वक र कानेखुसीभन्दा अलि ठूलो स्वरमा त्यसो भने। एकपछि अर्को अप्रत्याशित प्रकोप व्यवस्थापनका लागि उनले केही सहानुभूति चाहेको देखियो। ‘त्यहाँका अवशेषहरूलाई ग्रेटर लन्डन बाहिर एउटा गोदाममा लगियो। जहाँ तिनको अध्ययन र सूचीकरण गरी अन्तत पुन: गाडिने छ’, उत्खननमा काम गर्न भाडामा लिएको कम्पनी आइसेनी प्रोजेक्ट्सका वरिष्ठ पुरातत्त्वविद् स्टिफन म्याक्लियोडले भने।

यो लेख न्यूयोर्क टाइम्सबाट आंशिक अनुवाद गरिएको हो।

Like