आवाजभन्दा ९ गुणा तीव्र गति भएको मिसाइल परिक्षण

Share to:

एजेन्सी,

विश्रुवमा रुसले हालै मात्र आवाज भन्दा ९ गुणा तीव्र गतीमा प्रहार गर्न सकिने मिसाइलको परीक्षण गरेको छ । यो मिसाइललाई जिरकन नाम दिइएको छ । युक्रेनसँगको तनावका बीच रुसले पुनः एक पटक शक्ति प्रदर्शन गरेको हो । राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार देशको रक्षा बलले जिरकन हाइपरसोनिक मिसाइल प्रणालीको परीक्षण गरेको बताएका हुन् । यो हाम्रो नवीनतम मिसाइल हो जसलाई जमिन वा जल क्षेत्र दुवैमा मार हान्न सकिन्छ । प्रक्षेपणको उद्देश्य रुसको सुरक्षा र रक्षा क्षमता दुवैलाई बढाएका रुसी राष्ट्रपतिले बताएका छन् । पुटिनका अनुसार परिक्षण बिलकुल सफल र त्रुटिहिन रहेको छ । यसको लक्षित मार हान्ने दुरी १००० किलोमिटरसम्म रहेको छ ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *