प्रचण्डको राजनीतिक प्रतिवेदन पेश, अर्को बैठक तीन बजे

Share to:

रासंसा/काठमाण्डौ, पौष ८,

मुलुकमा सत्ताधारी दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक प्रस्ताव पेश गरेका छन् । शुक्रबार बिहान बसेको बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रस्ताव संक्षेपमा पेश गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उक्त प्रस्तावमाथि शुक्रबार दिउँसो तीन बजे बस्ने बैठकमा छलफल हुने बैठकपछि प्रवक्ता महराले सञ्चारकर्मीलाई बताए । ‘आज दुईवटा एजेण्डामा छलफल भयो । पहिलो एजेण्डा दुई पार्टी नेकपामा प्रवेश गर्ने निर्णय भयो । जसमा मसालबाट विद्रोह गरेको समूह र प्रभात चलाउनेले नेतृत्व गरेको नेकपा माओवादी नेकपा माओवादी केन्द्रसँग एकता हुँदैछ’, प्रवक्ता महराको भनाइ छ ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *