महिला केन्द्रीय सदस्यमा डिला, पुष्पा र आरजुसहित ९ जना विजयी

Share to:

रासंसा/काठमाण्डौ, पौष ५,

मुलुकमा नेपाली काँग्रेसको केन्द्रीय सदस्य (महिला खुलातर्फ) मा डिला संग्रौला, पुष्पा भुसाल, डा आरजु राणा देउवासहित ९ जना निर्वाचित भएका छन् । पार्टी कार्यालय सानेपामा सोमबार राति सम्पन्न मतगणनाअनुसार ३० उम्मेदवारमध्ये ९ जना विजयी भएका हुन् । विजयी हुनेमा संग्रौला, भुसाल र देउवासहित अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाईं, रमा कोइराला पौडे, सुशीला आचार्य ढकाल र रंगमती शाही रहेका छन् । मत परिणामअनुसार संग्रौलाले सर्वाधिक २८८५ मत पाएकी छन् ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *