सत्ताको दुरुपयोग गर्ने प्रवृत्तिले देशको राजनीति अस्थिर, ओलीलाई इंगित गर्दै माधव नेपालको भनाइ

Share to:

रासंसा/काठमाण्डौ, मार्ग २४,

काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामना दिँदै उनले भने, ‘सावधान ! देशमा कालो मादल मडारिएको छ ।’ नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशको राजनीतिमा कालो बादल मडारिएको बताएका छन् । राष्ट्रियतको रक्षा जनताले गर्न सक्ने भन्दै उनले राजनीतिक विकृतिलाई पन्छ्याउनुपर्नेमा जोड दिए । एमाले विभाजनपछि पहिलो पटक केपी ओलीसँगको मञ्चमा रहेका उनले ओलीलाई इंगित गर्दै सत्ताको दुरुपयोग गर्ने प्रवृत्तिले देशको राजनीतिलाई अस्थिरतामा ल्याएको आरोप लगाए । नेता नेपालले सत्ता र शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिक दल खोल्न उनले सुझाव दिए ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *