प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ स्थानीय तहको निर्वाचन एकै चरणमा वैशाखभित्रै हुन्छ
रासंसा/संखुवासभा, मार्ग २४,
मुलुकमा निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गर्ने तयारी भइरहेको बताउनुभएको छ । संखुवासभामा सञ्चारकर्मीहरूसँग उहाँले स्थानीय तहको निर्वाचन देशभर एकै पटक गर्ने जानकारी दिनुभयो । अहिले देशैभरि मतदाता नामावली संकलन कार्य भइरहेकाले मतदानमा कोही पनि बञ्चित हुन नपर्ने गरी नामावली संकलनमा सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । स्थानीय तहको ५ वर्षे पदावधि जेठ ५ गते सकिने र २ महिना अगाडि नै निर्वाचन गराउने कानुनी व्यवस्था भएकाले २०७९ वैशाख भित्रै निर्वाचन हुने उहाँको भनाइ छ ।
Like