नेपालि कांग्रेस सभापतिको साझा उम्मेदवारसहित टीम बनाउन पौडेल समूहको बैठक, पदाधिकारीमा को-को छन् आकांक्षी ?

Share to:

रासंसा/काठमाण्डौ, मार्ग २२,

मुलुकमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४ औँ महाधिवेशनका लागि सभापतिको एकमात्र उम्मेदवार बनाउने विषयमा छलफल गर्दैछ । बुधबार विहान ९ बजे बत्तिसपुतलीस्थित अनुपम फुड्ल्याडमा पौडेल पक्षका नेताहरुबीच सभापतिको साझा उम्मेदवार छनोट गर्न छलफल हुन लागेको हो । वरिष्ठ नेता पौडेल र महामन्त्री शशांक कोइरालाले साझा उम्मेदवार बन्ने अवस्थामा सभापतिको दाबी छोड्ने बताएका छन् भने नेता प्रकाशमान सिंह र शेखर कोइराला आफू बाहेकको हकमा सहमति गर्ने पक्षमा देखिएका छैनन् । आफू पक्षीय केन्द्रीय सदस्य, प्रदेश सभापति, प्रदेश सभापतिका प्रत्यासी, जिल्ला सभापति र पूर्व जिल्ला सभापतिसँग परामर्श गरी साँझसम्म एकमात्र उम्मेदवार घोषणा गर्ने पौडेल समूहको तयारी छ । तर अहिलेसम्म साझा उम्मेदवार कसलाई बनाउने भन्नेमा टुंगो लाग्न सकेको छैन । मंगलबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा बसेको पौडेल समूहको बैठक विना निष्कर्ष टुंगिएको थियो । महाधिवेशन आउन २ दिन मात्र बाँकी हुँदा पौडेल समूहमा पदाधिकारीको पनि कुनै टुंगो लागेको छैन । उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा केही नेताले एकला एक्लै उम्मेदवारी घोषणा गरेका छन् । अहिलेसम्म उपसभापतिमा महेश आचार्य, महामन्त्री गगन थापा, सहमहामन्त्रीमा बद्री पाण्डे र जीवन परियारले उम्मेदवारी घोषणा गरेको अवस्था छ । उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा केही नेताले एकला एक्लै उम्मेदवारी घोषणा गरेका छन् । अहिलेसम्म उपसभापतिमा महेश आचार्य, महामन्त्री गगन थापा, सहमहामन्त्रीमा बद्री पाण्डे र जीवन परियारले उम्मेदवारी घोषणा गरेको अवस्था छ । पौडेलको टिमबाट २ जना उसभापतिमा पूर्वसहमहामन्त्रीद्वय अर्जुननसिंह केसी, रामशरण महत, बलबहादुर केसी, दिलेन्द्र बडू र महेश आचार्य, चन्द्र भण्डारीको दाबी छ । यस्तै महामन्त्रीमा मिनेन्द्र रिजाल, गगन थापा, धनराज गुरुङलगायतले पनि दाबी गरेको अवस्था छ । त्यसमा पनि पौडेल टीममा महामन्त्रीका दाबेदारको उम्मेदवारी सभापतिको उम्मेदवार को र कतिजना हुन्छन् भन्नेसँग जोडिएको छ । पौडेलको टिमबाट २ जना उसभापतिमा पूर्वसहमहामन्त्रीद्वय अर्जुननसिंह केसी, रामशरण महत, बलबहादुर केसी, दिलेन्द्र बडू र महेश आचार्य, चन्द्र भण्डारीको दाबी छ ।
यस्तै महामन्त्रीमा मिनेन्द्र रिजाल, गगन थापा, धनराज गुरुङलगायतले पनि दाबी गरेको अवस्था छ । त्यसमा पनि पौडेल टीममा महामन्त्रीका दाबेदारको उम्मेदवारी सभापतिको उम्मेदवार को र कतिजना हुन्छन् भन्नेसँग जोडिएको छ ।

Like