अनुमोदनमा राजदूतत्रयको नाम

Share to:

रासंसा/काठमाण्डौ, मार्ग २०,

मुलुकमा संघीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ। समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित तीनैजना राजदूतको नाम समितिबाट सर्वसम्मतरुपमा अनुमोदन भएको जानकारी दिए। समितिको आजको बैठकले भारतका लागि प्रस्तावित डा शङ्कर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीबाट आ–आफ्नो अनुभव, योग्यता, सोच र अवधारणासम्बन्धी जानकारी लिएपछि उनीहरुका नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *