धुवाँ र खरानी १५ किलोमिटर माथिसम्म पुग्यो इन्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा

Share to:

एजेन्सी,

विश्वमा स्थानीय प्रशासनले ज्वालामुखी प्रभावित क्षेत्रका स्थानीयबासीलाई उद्दार गर्न थालेको छ । मानवीय हताहतीबारे अहिलेसम्म कुनै तथ्याङ्क संकलन भएको छैन । अहिलेपनि क्रेटरबाट धुवाँ र खरानी निस्किरहेको खबर छ । त्यो आसपासका जिल्लासम्म फैलिइरहेको छ । इन्डोनेशियाको माउन्ट सुमेरुमा निकै ठूलो ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखीबाट निस्केको धुवाँ र खरानी क्रेटर (ज्वालामुखीको मुख) बाट १५ किलोमिटर माथिसम्म फैलिएको स्थानीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । वायुमण्डलमा खरानीको तह यतिसम्म बाक्लोगरी फैलिएको छ कि जसकारण प्रभावित क्षेत्र दिउँसै अन्धकारमय बनेको छ । धुवाँ र खरानी फैलिएकाले प्रभावित क्षेत्रको आकाशमा विमान उडान भर्न दिइएको छैन । स्थानीय प्रशासनले ज्वालामुखीको क्रेटरबाट पाँच किलोमिटर दूरीसम्म प्रतिबन्धित क्षेत्र घोषणा गरेका छन् । विश्वमै इन्डोनेशिया ज्वालामुखी खतरा सूचीको पहिलो नम्बरमा रहेको मुलुक हो ।

Like