के भने दीपकले रेखा थापाको आलोचना गर्नेलाई
रासंसा/काठमाण्डौ, मार्ग १८,
मुलुकका कलाकार दीपक राज गिरी आफ्ना मनमा लागेका कुरा निर्धक्क राख्नका लागि चिनिन्छन् । आफ्नो बोलीका कारण उनी बेलाबेला विवादमा नआएका पनि होइनन् । तर पनि उनी आफूलाई लागेको कुरा व्यक्त गर्न हिच्किचाउँदैनन् । पछिल्लो समय हट केक बनेको राप्रपा महाधिवेशनमा नायिका रेखा थापाको उम्मेदवारी र उनीबारे भइरहेको टिप्पणीबारे पनि गिरीले आफ्नो धारणा राखेका छन् । राजेन्द्र लिङ्देन प्यानलबाट महामन्त्री पदमा उम्मेदवार रहेकी थापा गणतन्त्रको पक्षधर भएर राजावादी पार्टीमा लागेको भन्दै आलोचना भइरहेको छ । अध्यक्षका दाबेदार रहेका कमल थापाले समेत उनको गणतन्त्रप्रतिको पक्षधरतामाथि प्रश्न उठाएका छन् । कमल थापा खेमा रेखाको आलोचनामा उत्रिएपछि गिरीले आफ्नो समकक्षी कलाकारको समर्थनमा उत्रिएका छन् । यसबारे गिरीले यसरी आफ्नो कुरा राखेका छन् :