भेदभावमै दलित र गैरदलित
रासंसा/ अछाम , मार्ग ४,
मुलुकमा अछाममा पानीको मुहान एउटै, गाउँ र टोल पनि एउटै तर खानेपानीको धारा भने जातका आधारमा फरक फरक । एकै मुहानमा तीन कुवा छन्, एउटा क्षत्री समुदायको कुँवर जातिले प्रयोग गर्छन् । अर्को कुवा दलित समुदायको विश्वकर्मा जातिले प्रयोग गर्छन् । कथित तल्लो जाति भनिएकाले प्रयोग गर्दै आएको धारामा पानी नआए १ घण्टा टाढाको वनमा जानुपर्ने बाध्यता छ । अछामको साँफेबगर नगरपालिका–२ जाल्पादेवीको बागभिडी टोलको यो यथार्थताले पानीको स्रोतमाथिको लडाइँलाई स्पष्ट देखाएको छ । तीन कुवा एकै ठाउँमा छ । त्यसभन्दा माथि नांगो डाँडो छ । यसैगरी, अर्को छेउको कुवा दलित समुदायकै आउजी अर्थात् परियार जातिले प्रयोग गर्दै आएका छन् । तीनै कुवाको पानीलाई एकै ठाउँमा ट्यांकी बनाएर दुई धारा वितरण गरेको एक वर्ष पनि नबित्दै दलित समुदायका विक र आउजीले धारामा पानी बन्द गरी कुवाबाटै पानी ओसार्न थालेका छन् । पुनः वृक्षरोपण गराउन पाए पानीको मुहान बढ्ने अपेक्षा रहेको स्थानीय ३८ वर्षीय जयन्द्र कुँवर बताउँछन् । ‘नांगो डाँडोलाई हरियाली बनाउन सकेमा हामीलाई पर्याप्त खानेपानी पुग्ने थियो,’ स्थानीय कुँवरले भने, ‘हामीलाई बिरुवा मात्रै दिए पनि वृक्षरोपण गरी हरियाली बनाउने थियौं ।’ उनी पानीको मुहान सुकेपछि पानीको स्रोतमाथि लडाइँ भएको बताउँछन् । त्यही नांगो डाडोमा वृक्षरोपण गरेको वर्ष नै सबै विरुवालाई डढेलोले सखाप बनायो । १ सय ५० घरधुरी रहेको बागभिडी टोलमा दुईवटा धारा बनाए पनि खानेपानी अपुग भएको छ । पानीको मुहानमा पानीको मात्रा बढाउन गरिएको वृक्षरोपणको आधा बिरुवा अझै बाँचेका छन् । धारोमा आउने पानीको मुहान एउटै भए पनि दलितहरूले कथित माथिल्लो जाति भनिएकाहरूले प्रयोग गर्ने धाराको पानी पिउन नपाउने स्थानीय ३७ वर्षीया भजन विक बताउँछिन् । कुँवर समुदायका व्यक्तिहरूले दलित समुदायका मानिसले धारा छोएमा गालीगलौज गर्ने गरेको उनले दुःखेसो पोखिन् । केही समययता दलित समुदायले प्रयोग गर्दै आएको धारामा पानी आउन छाडेको छ । पानीको अभावसँगै जातीय विभेद बढेको उनी स्वीकार्छन् । पानीका लागि यो संघर्ष भएको उनी बताउँछन् । यस्तो रीत वर्षौंदेखि चल्दै आएको छ । बागभिडी टोलमा कुँवर, विक र आउजी समुदायको बसोबास छ । सो टोलमा कुँवरहरूका लागि एउटा धारो, विक र आउजी समुदायका लागि अर्को धारो छ । तर, हामी जंगलमा गएर ल्याउनुपर्छ,’ उनले भने, ‘दलित समुदायका व्यक्तिले धारामा पानी आएको हेर्न पाउँछन् भर्न पाउँदैनन् ।’ धारोको बाटो भएर मेलापात गोठालो जाँदाआउँदा प्यास लाग्छ, प्यास लागे पनि जातीय विभेदका कारण पानीको प्यास मेट्न पाउँदैनौं । पानी नआएपछि १ घण्टाभन्दा बढी समय लगाएर जंगलबाट पानी ल्याउनुपर्ने बाध्यता रहेको उनले बताइन् । गैरदलितको धारामा दैनिक ८ घण्टा पानी आउने गरे पनि दलित समुदायले भने पानी भर्न नपाउने स्थानीय ५० वर्षीय जोगी विकले बताए । ‘बढी भएको पानी गैरदलित समुदायको पानी ट्यांकीमा जम्मा हुन्छ । उनले बागभिडीमा पानी भर्न नपाउँदा छिमेकी वडामा पानी भर्न जान बाध्य भएको बताइन् । छिमेकी वडामा पानी भर्न जाँदा अपहेलना भोग्नुपरेको उनले बताइन् । छिमेकी वडामा पनि पानी पाइएन भने नदीको धमिलो पानी पिउन उनीहरू बाध्य छन् । सार्वजनिक स्थल, धारा, पाटी, पौवा, भोज, भतेरमा समेत दलित समुदायले अपहेलित हुनुपर्ने स्थानीय दिक आउजीको भनाइ छ । दलित समुदायभित्र हुने विभेद झन् चर्को रहेको भागभिडीकी स्थानीय ४० वर्षीया नैनी आउजी बताउँछिन् । दलित र गैरदलित समुदायका व्यक्तिले पानीको उपयोग गर्दै आए पनि आउजी समुदायले झनै समस्या भोग्नुपरेको उनको भनाइ छ । साँफेबगर नगरपालिका–२ जाल्पादेवीका वडाअध्यक्ष कालु सिंह कुँवरले भने दलित समुदायका व्यक्तिले भनेजस्तो विभेद नरहेको दाबी गरे । जाल्पादेवीमा पानीको अभाव हुँदा समस्या चाहिँ भएको उनले स्वीकारे । उनले पानीको मुहान संरक्षण गर्न आफूले सक्दो सहयोग गर्ने बताए । बागभिडीमा देखिएको खानीपानीको समस्या समाधानको लागि डिप बोरिङ राख्ने पक्रिया सुरु भइसकेको उनको भनाइ छ । उनले गैरदलित समुदायको पक्षमा थुप्रै सरकारी तथा गैरसकारी संस्थाले काम गर्दै आए पनि दलित समुदायमाथिको विभेद कायमै रहेको बताए । उनी पानीको मुहान संरक्षणमा विशेष ध्यान दिएर पानीको व्यवस्था मिलाइदिन आग्रह गर्छन् । कोहीकोहीले कुँवरको धारामा पानी लिन जाने गरेका छन् तर पानी कम हुँदा त्यहाँ पनि पानी नपाएको स्थानीय ४० वर्षीया पशुपति परियारले बताइन् । उनले डिप बोरिङ गाडेपछि बागभिडीमा खानेपानी समस्या समाधान हुने बताए । उनले मुहान संरक्षणका लागि बस्तीभन्दा माथिको नांगो डाँडोलाई हरियाली बनाउनसके पानी पर्याप्त हुने विश्वास लिएका छन् ।