काँग्रेसमा आत्माअनुशासन र आत्मासमिक्षाको खाँचो छ – पुर्व गृहमन्त्री जोशी

Share to:

अन्जनराज न्यौपाने / गण्डकी प्रदेश/ राजनीति समाचार / २७ गते शनिबार rastrasanrakshan.com…………………………………………………… तनहुँ । रिपोर्टस क्लब नेपाल गण्डकी प्रदेशको आयोजनामा साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ। नेपाली काँग्रेसका प्रभावशाली नेता नेपाली काँग्रेस पार्टीका पुर्व सह-महामन्त्री एब्म् गृहमन्त्री गोविन्दराज जोशी सग क्लबले शनिबार तनहुँ जिल्ला कै चर्चित होटल सन्तोषमा साक्षात्कार कार्यक्रम आयोजना गरेको हो । विभिन्न संचार माध्यामका संचारकर्मीहरुसगको अन्तरक्रियामा नेपालको पछिल्लो घटना क्रमका विषयमा बोल्दै नेता जोशीले तनहुँमा नेपाली काँग्रेस पार्टीले हार्नुको मुख्य कारण बरिस्ठ नेता रामचन्द्र पौडेल नै भएको आरोप लगाएका छन्। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र खुरापाती र कपटपूर्ण कार्य शैलीकाकारण तनहुँका काँग्रेसले मात्रै नभएर मुलुकमै पार्टीले हार बेहोर्नु परेको प्रति नेता जोशीले दुख ब्याक्त गरे।
पार्टीको धोषणा पत्र,विधान,नीति नियम,आचारसंहितालाई कुल्चिएर ब्याक्तिगत स्वार्थमा लाग्न खोज्नु महापाप भएको बताउदै अनुशासनहिन, निष्ठाहिन ,अलोकतान्त्रिक ,अराजक ,तानाशाही चरित्र र हलो अड्काएर गोरु पिट्ने गलत प्रबृत्तिको कारणसमग्र काँग्रेस पार्टीले हार बेहोर्नु परेको बताए ।
नेपाली काँग्रेसका केही जिल्ला देखि केन्द्रीय तहका नेताहरुले पार्टीले हार बेहोर्दै गर्दा अझैपनि विवेक हिन ,आत्मानुशाशन र आत्मा समीक्षा गरी सकारात्मक ब्यवहारमा परिवर्तन आउन नसके अझैपनि नेपाली काँग्रेसले ठुलो हार्न बेहोर्नुको विकल्प नरहेको बताए । आफना कार्यकर्ता तथा शुभ चिन्तकहरुको भेटघाटका क्रममा जिल्लाका विकट स्थानहरूमा अाफुले गाडेका पोलहरु धमिरा लागेका कुनै भाँचिएको अवस्थामा देखेको बताए । आफुले खोलेका बाटो घाटो अहिले सम्म पनि स्तर उन्नति हुन नसकेको प्रति दुख ब्याक्त गरे । जिल्लाका अधिकाशं स्थानमा खानेपानीको अभाव यथावत् नै रहेको उनले बताए । आफू शिक्षा मन्त्री हुदा अनुमती दिएर खोलिएका विधालयहरुको भवन हाल सम्म पनि जिर्ण नै देख्दा अति दुख लागेको विधालय बन्द हुने अवस्थामा भएको बताए ।
जोशीको आग्रहमा तनहुमा करिब दुई हजार नेपाली काँग्रेसका कार्यकर्ताहरुले क्रियाशील सदस्यता नवीकरण गरेका छैनन् । स्वयं जोशीको साधारण सदस्यताको कारवाही पनि फुकुवा भएको छैन । आफ्नो अनुरोधमा तनहँु जिल्लाभर ६ हजार भन्दा बढिले काँग्रेसको नयाँ सदस्यता नलिएको नेता जोशीको दावी रहेको छ।५ जना केन्द्रिय सदस्य भएको तनहू जिल्लामा आफु पनि हार्ने अरुलाई पनि जिताउन नसक्ने अनि दोष जोशी लाइ दिने प्रबृत्ति हावि हुनु लाजमर्दौ भएको बताउदै कपडा लगाउनेले कपडा फुकाउँदा पो लाज लाग्छ, नागै हिँड्ने लाइ के काे लाज भन्दै नेता जोशीले तिखो ब्याङ्ग्य प्राहार गरे।
उक्त साक्षात्कार कार्यक्रमको सभापतित्व रिपोर्टस क्लव नेपाल गण्डकी प्रदेशका सचिव अमरराज नहर्कीको सभापतित्वमा भएको थियोे भने कार्यक्रमको संचालन रिपोर्टस् क्लव नेपाल गण्डकी प्रदेशका सल्लाहकार अन्जनराज न्यौपानेले गरेका थिए।

Like