बारको विरोधमा प्रदर्शन गर्ने नुरप्रसाद अधिकारीसहित ५ जना पक्राउ

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक २८,

मुलुकमा सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्वोच्च बारको विरोधमा प्रदर्शनमा उत्रिएका गोरखाको फुजेलका नुरप्रसाद अधिकारीसहित ५ जनालाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो। प्रधानन्यायाधीशको समर्थनमा प्रदर्शन गर्ने उनीहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च परिसरमा आन्दोलन बाक्लिँदो छ भने प्रधानन्यायाधीश पक्षधरको पनि आन्दोलन देखिन थालेको छ । कार्यलय समय सुरु हुनासाथ प्रधानन्यायाधीशलाई कार्यालय प्रवेशमा अवरोध गर्ने उद्देश्यका साथ बार आन्दोलनमा उत्रिँदै गर्दा अधिकारीलगायत बारकै विरोधमा प्रदर्शनका लागि अदालत परिसर पुगेका थिए । न्यायालय शुद्धीकरण जरुरी रहेको र प्रधानन्यायाधीशले सेटिङ गरिरहेको तथा उनले राजीनामा दिनुपर्ने भन्दै नेपाल बार चरणबद्ध आन्दोलनमा रहेको छ।

Like