तनहुँको ऐतिहासिक पर्यटकीय तिर्थस्थल थानीमाईमा ९२ फुलको डोली भित्रियो,दैनिक १० देखि१२ हजार भक्तजन आउने
अन्जनराज न्यौपाने / गण्डकी प्रदेश / धार्मिक समाचार……………………………………………………….rastrasanrakshan.com national news daily तनहुँको प्रसिद्ध ऐतिहासिक तिर्थस्थल भानु नगरपालिका वडा नं ७ बसन्तपुर स्थित थानीमाई मन्दिरमा कार्तिक चौथो हप्ताको मंगलबार ९२ वटा फूलको डोली भित्रिएका छन् ।
तनहुँसंगै कास्की ,लमजुङ, गोरखा,पाल्पा , चितवन, काठमाडौ भारतका अधिकाशं क्षेत्रबाट समेत गरि ९२ वटा फूलका डोली भित्रिएका हुन् । डोलीसँगै ८ हजार २ सय ८० जनाको हाराहारीमा भक्तजनले मन्दिरमा दर्शन र पूजाआजा गरेका थानिमाई मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरले जानकारी दिए । कोही भाकल गर्न ,कोही भाकल पूरा भयो भन्दै ,कोही लाहुरे हुन पाउ भनेर त कोही सन्तान प्राप्तिको ईच्छा राखेर त कोही मनोकामना पुराहुने विस्वासमा यस मन्दिरमा डोली ल्याउने गरेको अध्यक्ष थापाले जानकारी दिए।
थानि माई मन्दिरमा भक्तजनकोहरुको भिड बढ्न थालेको छ । श्रावण महिना बाहेक प्रत्येक महिनाको पहिलो मंगलबार विशेष पुजाआजा हुने यस मन्दिरमा पछिल्लो समयमा भक्तजनहरुको भिड बढ्न थालेकोअध्यक्ष बताउछन।उनी भन्छन
विशेष गरी सत्यनारायण पुजाको विसर्जन गर्नका लागि फुलका डोली सहित थानिमाई मन्दिरमा पुग्नेहरु अत्याधिक रहेको पाहिएको छ।
यस मन्दिरमा सन्तान प्राप्ति, हराएका परिवारका सदस्य फेला पार्न, जागिर खान लगायतका भाकलसहित देशका विभिन्न स्थानबाट भक्तजनहरु पुग्ने गरेका छन् । मन्दिर जिल्लाको डुम्रेबजार स्थित पृथ्वीराज मार्गबाट १८ किलोमिटरको दुरीमा रहेको छ ।
झण्डै ४सय५० वर्ष अघि भानु नगरपालिकाको वडा न ७ स्थित कोटथोकमा एकजना महिला र बच्चा हाल मन्दिररहेको स्थानमा बास बसेको र सोही रात भयानक आँधीबेहेरीले जनधनको क्षति भएको जानकारहरु बताउँछन् । सोही स्थानका स्थानीय मान सिं पाटा मगरको सपनामा मन्दिर बनाएर पुजा गर्नुपर्ने सुझाव पाएर मन्दिर स्थापना पश्चात समस्या समाधान भएको किंवदन्ती रहेको छ ।