बढी नाफा कमाउनेमा मुक्तिनाथ कामना विकासको नाफा किन घट्यो ? विकास बैंकमा चम्किदै
रासंसा/काठमाण्डौ, कार्तिक २४,
मुलुकमा १८ विकास बैंकहरू मध्ये ८ वटा राष्ट्रिय स्तरका विकास बैंकहरुले चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । राजधानीसहित मोफसललाई आफ्नो कार्यक्षेत्र बनाई बैंकिङ कारोबार गर्ने राष्ट्र बैंकबाट ‘ख’ वर्ग प्राप्त मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, लुम्बिनी विकास बैंक, गरिमा विकास बैंक, कामना विकास बैंक, साइन रेसुङ्गा विकास बैंक र साङ्ग्रिला विकास बैंकले आफ्नो वित्तीय रिर्पोट सार्वजनिक गरिसकेका छन् । गत वर्षको पहिलो त्रैमाससँग चालू आ.व. को नाफा तुलना गर्दा मुक्तिनाथ विकास बैंकले अधिकतम १७.४८ प्रतिशतले नाफा वृद्धि गरेको छ । यस्तै, महालक्ष्मी विकास बैंकले समीक्षा अवधिमा २३ करोड ५ लाख ३४ हजार रुपैयाँ नाफा आर्जन गर्दै दोस्रो स्थान सुरक्षित गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १५ करोड ९७ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले यस वर्ष अधिकतम ४४.२८ प्रतिशतले नाफा वृद्धि गर्दै २३ करोड माथिको नाफा कमाएको हो । जसमध्ये मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी नाफा कमाएर विकास बैंकहरुमा नै अब्बल रहेको देखाएको छ । बैंकले अन्य ७ वटा विकास बैंकलाई पछि पार्दै चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कुल ३४ करोड ५५ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अबधिमा बैंकले २९ करोड ९१ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको थियो । यस्तै, पहिलो त्रैमासमा २१ करोड ७८ लाख ५५ हजार खुद नाफा आर्जन गर्दै ज्योति विकास बैंक तेस्रो स्थानमा रहेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड १५ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा यो वर्ष बैंकले अधिकतम ६५ प्रतिशतले आफ्नो नाफा वृद्धि गरेको हो ।