अहिंसा नै मानिसको ठुलो धर्म हो – पूर्व रक्षामन्त्रि भीमसेनदास प्रधान
रसंसा/काठमाण्डौ, आश्विन १७,
मुलुकमा विभिन्न प्रकारका कार्यक्रम दिनहुँ पर्ने गर्दछन l कार्यक्रममा प्रमुख अतिथिको आतिथ्यताको कार्यक्रम आयोजकलाई आयोजना गर्न धौ धौ हुने गर्दछ l सेभ द नेशन मिडिया तथा युगान्तर मिडियाको संयुक्त आयोजनामा आयोजित राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको अहिंसा र विश्व शान्ति विषयक अन्तरक्रिया तथा विशेष समारोह पुर्व रक्षा मन्त्रि तथा संघिय गणतन्त्र नेपालका प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका सासद भीमसेन दास प्रधानको प्रमुख आतिथ्यता र पूर्व परराष्ट्र मन्त्रि राम कुमार श्रेष्ठको विशिष्ट अतिथिको आतिथ्यता रह्यो l
सेभ द नेशन मिडिया तथा युगान्तर मिडियाका अध्यक्ष द्वय के. बि. सम्राट र बसन्त परियारको संयुक्त सभाध्यक्षता भएता पनि सभ द नेशन मिडियाका अध्यक्ष के. बि. सम्राट कार्यक्रम संचालकको रुपमा प्रस्तुत हुनुभयो l
कार्यक्रमको अध्यक्षता युगान्तर मिडियाका अध्यक्ष बसन्त परियार कार्यक्रमको सभाध्यक्षतामा भएको कार्यक्रममा करिव विभिन्न क्षेत्रबाट विभिना बिधामा मुलुकलाई योगदान पुराएका श्रस्टाहरुलाई सम्मान गरिएको थियो l कार्यक्रममा विशेष अतिथिको रुपमा माता भद्रकालीलाई आशन ग्रहण गराइएको थियो भने शान्ति दुत वरिष्ठ गायिका आनी छोईङ डोल्मालाई विशेष आतिथ्यताको आमन्त्रण गरेपनि उपस्थिति भने थिएन l यस्तै विश्व बुद्द धर्म शंघ गुरु रिन्ग्पोछे संघकी अध्यक्ष आनी भिम्शोभा गुरुङ्गको विशिष आतिथ्यता थियो l
यसरि नै अतिथिहरुमा पशुपति अन्नपुर्णा आश्रमका धार्मिक समिति संरक्षक एवं वरिष्ठ समाजसेवी धन बहादुर श्रेष्ठ, रिटायर्ड क्लब नेपालका उपाध्यक्ष ठाकुर प्रसाद पौडेल, नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोबिन्द निरौला, नेपाल भारत आदिबासी जनजाति संघका अध्यक्ष बिनोद गुरुङ्ग, ट्रेकिंग एजेन्ट्स एशोसियशन अफ नेपालका अध्यक्ष खुम बहादुर सुवेदी, नेपालि जनता दलका वरिष्ठ उपाध्यक्ष रघु परियारको उपस्थिति थियो l
यस्तै अतिथिहरुमा सम्मानित श्रस्टाहरु डा. भविन्द्र खत्री, डा. इन्दुल केसी, सपना रेग्मी, देवराज ढकाल, तिलक बहादुर श्रेष्ठ, राजु श्रेष्ठ, गेंद्र लामा, बिनोद बानिया, पूर्ण लाल श्रेष्ठ, विषम रिमाल, इन्द्र सापकोटा, किरण कुमार श्रेष्ठ, सुभाष डंगोल, सुष्मा महरा, मौसम कुँवर, पासांग नुर्बु शेर्पा, कुमुद छत्कुल्ली भट्ट, सन्तोष लामा, राजन अधिकारी, बुर्बु वान्गेल लामा, मान बहादुर तामांग, शुक्र गुरुङ, प्रताप सिंग लामा, गोपाल थापा, पुस्कर बस्नेत, संकर बस्नेत, सशी शर्मा पौडेल, डी. एन. अधिकारी र नारायण रेग्मी थिए l
कार्यक्रममा संस्थाका सदस्य त्रय सुनिता नेपाली, बिनिता श्रेष्ठ र जानुका खत्रीले उपस्थित सबै अतिथिहरुलाई खादा लगाएर सम्मान गरेका थिए l
कार्यक्रममा उपस्थित सबै तहपदिय महानुभावहरु, अतिथि, विशेष अतिथि, विशिस्ट अतिथि प्रमुख अतिथिहरुलाई स्वागत मन्तव्यबाट स्वागत गर्दै युगान्तर खबर डट कामका प्रधान सम्पादक नवराज लम्सालले अहिंसा नभई शान्ति नहुने कुराम जोड दिनुभयो l कार्यक्रम प्रमुख अतिथि विशिस्ट अतिथिबाट पानसमा दीप प्रज्वलन गरि समुद्घाटन गरिएको थियो l प्रमुख अतिथि तथा विशिष्ट अतिथिबाट सम्मानित श्रस्टा हरुलाई सम्मान पत्र प्रदान गरिएको थियो l
कार्यक्रममा शुभकाना मन्तब्य ब्यक्त गर्दै ट्रेकिंग एजेन्ट्स एशोसियशन नेपालका अध्यक्ष खुम बहादुर सुबेदीले मुलुकमा विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको असर सबैभन्दा पर्अयटन ब्सयबसयिहरुलाई परेको गुनासो गर्रदै प्रमुख अतिथिलाई मन्त्रि परिषद्मा सदन राखी यसको उपाय खोजिदिनु हुन अनुरोध गर्दै आयोजक संथालाई धन्यवाद दिदै शुभकामना दिनुभएको थियो l व्यक्ति एक प्रतिभा अनेक एवं पूर्व प्रशासक तथा स्वतन्त्र पत्रकार संघ नेपालका भक्तपुर जिल्ला निबर्तमान अध्यक्ष डा. इन्दुल केसीले शुभकामना मन्तब्य ब्यक्त गर्दै अहिंसा नै व्यक्तिको चरित्र हो जसले अनुशासनको ठुलो पाठ खेलेको हुन्छ भन्दै सबैमा शान्तिको लागि अहिन्साबा बस्न आग्रह गर्नुभयो l काठमाण्डौ नमहानगरपालिका वडा नम्बर १७ का पूर्व वडाध्यक्ष विक्की राणाले हिँसा भनेको काटमार मात्र होइन मानवले गरिने सबै किसिमका रकारात्मक क्रियाकलाप पनि हिँसा हुन् यिनलाई रोकथाम गर्न सकिय अहिंसा र शान्ति चाडै नै हुने भन्दै शुभकामना ब्यक्त गर्नुभएको थियो l
सम्मानित श्रष्टा पत्रकार पुस्कर बस्नेतले नजिकिदै गरेको महत्वपूर्ण चाडपर्बहरु विजया दशमी टिका, शुभ दीपावालिजस्ता पर्वको शुभकामना दिदै प्रत्रकारले निभाउनुपर्ने भूमिका राजनीतिका कारणले ननिभाएको बताउदै यो समय नै हो कि अहिंसा र शान्तिको कार्यक्रम ठिक समयमा भएको बताउनुभयो l नेपाल भारत आदिबासी जनजाति संघका अध्यक्ष बिनोद गुरुंगले विश्व मानचित्रमा रहेको शान्तिको देश नेपाल हिंसाको कारणले विश्व मानचित्रबाट हटिने कुरामा संकोच गर्दै आयोजक संथालाई धन्यवाद दिदै शुभकामना ब्यक्त गर्नुभयो l यस्तै नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोबिन्द निरौलाले यहा कोहि दलित नभएको दलितले हिँसा गर्नुपर्ने भन्ने नभएको बताउदै दलित आयोग खारेज गर्यो भने हिँसा नै नहुने कुरामा जोड दिनुभयो l दलितका नाममा नै हिँसा भएको छ भन्दै निरौलाले राज्यले दलित बनाएर बिचमै छोडेको आरोप लगाउदै नजिकिदै गरेको चाडपर्वको शुभकामना दिदै आयोजक संस्थालाई धन्यवाद दिनुभयो l
विशिस्ट अतिथिको आशनबाट पूर्व पर्यटन मन्त्रि राम कुमार श्रेष्ठले यो समयको कार्यक्रमको प्रसंसा गर्दै शान्तिका लागि भगवान गौतम बुद्दले तपस्या गर्दै अहिंसाको बाटो लिएको र यसैलाई महात्मा गान्धीले पनि अबलम्बन गरेको स्मरण गर्दै आगामी नजिकिदै गरेको चाडपर्बहरुमा हिँसा नगरी चाडपर्व मनाउन आग्रह गर्दै शुभकामना ब्यक्त गर्नुभयो l
प्रमुख अतिथिको आशनबाट पुर्व रक्षामन्त्री एवं नेपालीका सांसद भीमसेन दास प्रधानले हिँसा काटमारबाटमात्र होइन कि सबै कुरामा ध्यान दिनआवश्यक रहेको बताउदै परिवारमा हुने हिंसात्मक पनि हिंस्सा हुने भएकाले सबैजनाले आफ्नो परिवारबाट नै अहिंसाको पाठ सिक्न जरुर भएको बताउनुभयो l अहिंसा भनेको नै धर्म हो यसलाई कदर गर्न मठ मन्दिर जानुमात्र होइन त्याहाबाट पाठ सिक्नु पनि अहिंसा हो भन्दै कार्यक्रम आयोजक संस्थाला विशिष धन्यवाद दिदैं नेपालिहरुको महान चाड पर्वहरुको पावन अवसरमा समस्त नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा शुख, शान्ति, समृद्दी, सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्नुभयो l त्यसैले अहिंसा नै ठुलो धर्म हो बताउदै प्रधानले हिँसा गर्न सबैलाई अनावश्यक भएको बताउनुभयो l
कार्यक्रमको अन्त्यमा कार्यक्रम संचालक एवं सेभ द नेशन मिडियाका अध्यक्ष के. बि. सम्राटले संस्थाका सबै किसिमका पदाधिकारी तथा विशेष जीवन तामांग, लेखा बहादुर तामांग, सबिना श्रेष्ठ, जानुका खत्री लगायतलाई सहयोग पुर्याई कार्यक्रम सम्पन्न गरेकोमा धन्यवाद दिंदै उपस्थित सबैलाई उपहार स्वरूप रगत चाहिएमा सम्पर्क गर्न आग्रह गर्दै कार्यक्रमबाट ओझेल पर्नुभन्दा अगाडी नजिकिदै गरेको विजया दशमी टिका तथा शुभ दीपावली छैठ २०७८ एवं नेपाल सम्बत ११४२ को पावन अवसरमा समस्त देश विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदि भाहिनिहरुमा शुख, शान्ति, समृद्दी, सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्दै कार्यक्रम समापन गर्न सभाध्यक्ष बसन्त परियारलाई आमन्त्रण गर्नुभयो l कार्यक्रम समापनको घोषणा गर्दै उपश्थित सबै महानुभावहरुलाई धन्यवाद दिदैं कार्यक्रममा जलपानमा सहभागी हुन् आग्रह गर्नुभयो l