असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय
रासंसा, काठमा०डाैं, भाद्र २१,
विश्वमहामारीकाे रूपमा फैलिएकाे काेभिड १९ काेराेना भाइरस संक्रमणको अवस्था विश्लेषण नगर शिक्षा समितिले आवश्यक निर्णय लिन सक्नेगरी सोमबारको बैठकबाट निर्णय गरिएको काठमा०डौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयाे । आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय भएको छ । काठमा०डौंका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रतिनिधि, नगरशिक्षा समितिका प्रतिनिधि तथा अभिभावक संघका प्रतिनिधिसहितको बैठकले आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय भएको हो । कोरोनाको संक्रमणको अवस्था विश्लेषण नगर शिक्षा समितिले आवश्यक निर्णय लिन सक्नेगरी सोमबारको बैठकबाट निर्णय गरिएको काठमा०डौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभएकाे हाे ।
उहांले भन्नुभयाे, ‘कोभिडको जोखिम नभएको ठाउँमा विद्यालय खोल्न सकिन्छ, भएको ठाउँमा खोल्ने कुरा हुँदैन । नगर शिक्षा समितिले यसबारे आवश्यक निर्णय गर्न सक्छ ।’ प्रशासनले असोज १ गतेदेखि विद्यालय खोल्ने औपचारिक निर्णय गरेपनि काठमा०डौंका केही स्थानीय तहले भने पठनपाठन समेत थालिसकेका छन् ।