एमालेको छाया सरकार गठन गण्डकी सरकारलाई नेकपा एमाले ले दियो चुनौती
रासंसा/ कास्की, श्रावण ३०,
मुलुकमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, विकास तथा यातायात समूहमा पूर्व मन्त्री रामशरण बस्नेतलाई संयोजकको जिम्मेवारी छ । रोशन गाहा र प्रभा कोइरालालाई सदस्य बनाइएको छ । पूर्व मन्त्री नरदेवी पुन संयोजकत्वमा सामाजिक विकास समूह गठन भएको छ । सदस्यमा जनकलाल श्रेष्ठ र इन्द्रधारा विष्ट छन् । अर्का पूर्व मन्त्री विकास लम्साल संयोजकत्वमा गठित उद्योग, पर्यटन, वन तथा वातावरण समूह सदस्यमा रामबहादुर गुरुङ र लक्ष्मी सुनार सदस्य छन् ।साढे ३ वर्ष सत्तामा रहेर बाहिरिएको नेकपा एमालेले गण्डकी प्रदेशमा छाया सरकार गठन गरेको छ । गएको जेठ २९ गते पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो । पोखरेलले मन्त्रिमण्डललाई पूर्णता दिएपछि एमालेले मोहन रेग्मीको नेतृत्वमा छाया सरकार बनाएको हो । संसदीय दलको विधान अनुसार संसदीय समूह परिकल्पना गरिए पनि सरकारकै मोडल अनुसार जिम्मेवारी दिइएको छ । ११ मन्त्रालय रहेको यहाँ एमालेले ९ समूह गठन गरेको छ । छाया सरकारको मुख्यमन्त्रीमा मोहन रेग्मी तोकिएका छन् । रेग्मीको संयोजकत्वमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् समूह गठन गरिएको हो । समिति सदस्यमा मायानाथ अधिकारी र मीना गुरुङ छन् । अरु जिम्मेवारी भने नयाँ अनुहारले पाएका छन् । चन्द्रमोहन गौचनको संयोजकत्वमा पुष्पा केसी भण्डारी सदस्य रहेको कानुन, सूचना सञ्चार, प्रदेश मामिला समूह गठन भएको छ । इन्द्रलाल सापकोटा संयोजकत्वमा कृष्णबहादुर थापा सदस्य रहेको अर्थ समूह बनेको छ । सापकोटा एमालेमा माधव नेपाल समूहनिकट हुन् । भूमि, व्यवस्था, कृषि समूह संयोजकमा मीत्रकुमारी गुरुङ छन् । सदस्यमा मनबहादुर गुरुङ र महेन्द्र थकाली तोकिए । ऊर्जा, खानेपानी समूह संयोजक मीनप्रसाद गुरुङ तथा सदस्य धनञ्जय दवाडी छन् भने स्वास्थ्य, जनसंख्या, युवा तथा खेलकुद समूह संयोजक जिम्मेवारी राजीव पहारीलाई दिइएको छ । समूह सदस्यमा जूनादेवी नेपाली र सावित्रा राना मगर छन् । दलको नेता र उपनेतालाई भने जिम्मेवारी दिइएको छैन । २७ सदस्यीय एमालेले २५ जनालाई कार्य जिम्मेवारी तोकेको प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिए । गण्डकी सरकारका काम हेर्न र आलोचना गर्न समूह गठन गरिएको उनले सुनाए । ‘माथितिर छाया सरकार भन्ने चलन छ । हामीले सरकार भनेका छैनौं,’ उनले भने, ‘काम छाया सरकारको जस्तै हो । सम्बन्धित मन्त्रालयको बजेट र योजना ठिक हिसाबले कार्यान्वयन भए–नभएको हेर्छौं । आवश्यक सुझाव संसदीय दललाई दिन्छौं ।’ नेकपा एमालेले मोहन रेग्मीको नेतृत्वमा ९ समूह रहने गरी छाया सरकार बनाएको हो । ऊर्जा, खानेपानी समूह संयोजक मीनप्रसाद गुरुङ तथा सदस्य धनञ्जय दवाडी छन् भने स्वास्थ्य, जनसंख्या, युवा तथा खेलकुद समूह जिम्मेवारी राजीव पहारीलाई दिइएको छ । समूह सदस्यमा जूनादेवी नेपाली र सावित्रा राना मगर छन् । दलको नेता र उपनेतालाई भने जिम्मेवारी दिइएको छैन । २७ सदस्यीय एमालेले २५ जनालाई कार्य जिम्मेवारी तोकेको प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिए । गण्डकी सरकारका काम हेर्न र आलोचना गर्न समूह गठन गरिएको उनले सुनाए । छाया सरकारको मुख्यमन्त्रीको जिम्मेवारी पाएका सांसद रेग्मीले अरु पार्टीले गठन गरेको जस्तो सरकार नभई नतिजा निकाल्ने गरी काम गर्ने बताए । ‘हिजो हामीले गरेका काम र अहिलेको सरकारले गरेका कामको अनुगमन गर्छौं । सदनमा कुरा उठाउँछौं । सरकारलाई प्रदेश र जनताप्रति जिम्मेवार बनाउछौं,’ रेग्मीले भने, ‘पहिले बनेका छाया सरकार जस्तो होइन । यो समूहले काम गरेरै देखाउँछ । एउटै विषयमा धेरैले किन बोल्ने भनेर क्षेत्र छुट्याइएको हो ।’ सम्बन्धित मन्त्रालयमा पुगेर नियमित प्रश्न गर्ने र सरकारलाई संसदबाट जवाफदेही बनाउने उनको भनाइ छ । यसअघि कांग्रेसले पनि यहाँ छाया सरकार बनाएको थियो । जनता समाजवादी पार्टीले वैकल्पिक सरकार घोषणा गरेको थियो । यसअघिका छाया र वैकल्पिक सरकार अहिले सरकारमा गएका छन् । प्रतिपक्षमा हुँदा कांग्रेस, जसपा लगायत पार्टीको भूमिका खासै उल्लेख्य थिएन । गण्डकीमा पहिलो पटक बलियो प्रतिपक्षी बनेको छ, एमाले । ६० सांसदमध्ये २७ जना एमालेसँग मात्रै छ । सत्ताबाट बाहिरिए लगत्तै एमालेले संसदमा देखाएको उपस्थिति सरकारलाई गहुँगो सावित भइरहेको छ । ‘माथितिर छाया सरकार भन्ने चलन छ । हामीले सरकार भनेका छैनौं,’ उनले भने, ‘काम छाया सरकारको जस्तै हो । सम्बन्धित मन्त्रालयको बजेट र योजना ठिक हिसाबले कार्यान्वयन भए–नभएको हेर्छौं । आवश्यक सुझाव संसदीय दललाई दिन्छौं ।’