यातायात सवारी साधनको साँचो प्रधानमन्त्रीलाई

Share to:

रासंसा / काठमाण्डौ श्रावण १०,

सार्वजनिक यातायात केन्द्रीय महासंघको आव्हानमा गरिएको प्रदर्शनमा यातायात क्षेत्रमा काम गर्नेहरूलाई कोरोनाविरूद्ध खोप लगाउनुपर्ने, महामारीका कारण संकटमा परेको व्यवसायलाई मौद्रिक नीतिमार्फत समाधान गर्नुपर्ने, यातायातको बीमा छुट समायोजन गर्नुपर्ने, नवीकरण र जरिवाना छुट गर्नुपर्ने माग राखेका छन् ।विभिन्न माग राख्दै यातायात व्यवसायीहरूले प्रदर्शन गरेका छन् । आइतबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका उनीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सार्वजनिक सवारीसाधनको साँचो बुझाएका छन् । त्यस्तै व्यवसायीहरुले भाडा समायोजन गरिनुपर्ने, २० वर्ष सवारीको अवधि थप गर्नुपर्ने र सडक कानून लागू गर्नुपर्ने माग पनि अघि सारेका छन् ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *