प्रसिद्ध धार्मिक ऐतिहासिक तिर्थ स्थल अकलाको मुर्ति चोरी

Share to:

अन्जनराज न्यौपाने / गण्डकी प्रदेश तनहुँ मंगलबार ५ गते तनहुँ तनहुँ जिल्लाको प्रसिद्ध धार्मिक तिर्थस्थल एब्म पर्यटकीय क्षेत्र देश विदेशका हिन्दुधर्मालम्बीहरुको आस्थाको केन्द्र मानिने अकला माई मन्दिरको मूर्ति चोरी भएको छ।
जिल्लास्थित म्याग्दे गाउँपालिका -६ मा रहेको उक्त अकला माईको मूर्तिहरु चोरी भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख दिनेशराज मैनालीले दिएको जानकारी अनुसार देश विदेशबाट आएका भक्तजनहरुले र स्थानीय आमा समूहले चढाएका ४मूर्तिहरु चोरी भएको हो मन्दिरको ठुलो मुख्य मूर्ती भने छोरी हुन पाएको छैन प्रहरी प्रमुख मैनालीले बताए ।
जिल्ला प्रहरी कार्यालय तनहुँको कमाण्डमा जनपथ प्रहरी ,सशस्त्र प्रहरी ,ट्राफिक प्रहरी लगायत पोखराबाट तालिमप्राप्त कुकुरहरु अनुसन्धानका लागि ल्याइएको छ हामी अनुसन्धानको प्रक्रियालाई तिब्रता दिईरहेका छौ तुरुन्तै मुर्ति चोरहरु पक्राउ गर्न सफल हुने छौ यसकालागि हामीले जिल्लाका सबै नाकाहरु मा चेकजाँचलाई उच्चरुपमा कडाइ गरेको छ प्रहरी प्रमुख मैनालीले जानकारी दिए।

Like